रौतहट, १३ भदौं । भनिन्छ सुखको समयमा सबै साथ हुन्छ तर दुखको समयमा साथ दिनेनै असल मित्र हुन्छन् ।
त्यसको उदाहरण बन्दैछन् भारतीय सरकार निरन्तर आवश्यक सहयोग सामग्री लिएर काठमाडौं आउने क्रम जारी रहेका छन् ।
भारत सरकारले नेपालमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि थप मानवीय सहायता सामग्री सहितको तेश्रो विमान शुक्रवार राति काठमाडौंमा अवतरण गरेका हुन् ।
१० टन राहत सामग्री सहित विपदको समयमा काम गर्ने ११ सदस्यीय विशेष उद्धार टोलीलाई पठाएर भारतीय सरकार नेपाल माथि अईपरेको विपत्तीमा कदम मा कदम मिलाएर साथ दिने वचनबद्धता जनाएका छन् ।
भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत तेस्रो उडान नेपाल पठाइएको जानकारी दिँदै नेपालको राहत तथा उद्धार प्रयासमा सहयोग गर्न भारत प्रतिबद्ध रहेको स्पष्ट पारे ।
तेस्रो उडान मार्फत पोर्टेबल जेनेरेटर, डिग्निटी किट, खाद्यान्नका प्याकेट तथा पानी शुद्धीकरण गर्ने ट्याब्लेट लगायतका अत्यावश्यक सामग्री नेपाल पठाइएको जनाए ।
राहत सामग्री सँगै भारतले ११ सदस्यीय विशेष विज्ञ टोली समेत नेपाल पठाएको छ । टोलीमा चिकित्सक, प्यारामेडिक्स तथा सुरुङ उद्धार कार्यमा दक्ष ‘रेक्की’ टोली सहभागी छन् । उक्त टोलीले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा भइरहेको जटिल खोज तथा उद्धार अभियानमा प्राविधिक सहयोग गर्ने बताइएको छ ।
भारतले यसअघि पनि नेपालका बाढी–पहिरो प्रभावितका लागि राहत तथा उद्धार सामग्री पठाउँदै आएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन