रौतहट, १३ भदौं । बाढीबाट प्रभावित रसुवा स्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका मानिसहरूको उद्धारका लागि नेपालले चीनको प्राविधिक सहयोग लिएको छ ।
नेपाल सरकारको स्वीकृतिमा ६ सदस्यीय चिनियाँ प्राविधिक टोली हेलिकप्टर मार्फत त्रिशूली क्षेत्रमा पुगेको हो ।
चिनियाँ विज्ञहरूले नेपाली सेनाको प्राविधिक टोलीसँग समन्वय गर्दै सुरुङ भित्रको वास्तविक अवस्था पहिचान र उद्धार सम्भव भए–नभएको यकिन गर्न प्राविधिक निरीक्षण सुरु गरेका छन् । प्रारम्भिक मूल्याङ्कनपछि उद्धार सम्भव देखिएमा रसुवा सीमा नजिक तयारी अवस्थामा रहेका थप चिनियाँ विशेषज्ञलाई घटनास्थलमा ल्याइने तयारी रहेको जनाइएको छ ।
सुरुङको प्रवेशद्वारमा थुप्रिएको माटो तथा भग्नावशेष हटाएर फसेका व्यक्ति सम्म पुग्न नेपाली सेनाका ६२ तथा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका २० गरी ८२ सदस्यीय संयुक्त टोली शुक्रबार रातिदेखि नै निरन्तर खटिएको छ ।
तर, खराब मौसम, पहिरो र घटनास्थलको अत्यन्त कठिन भौगोलिक अवस्थाले उद्धार अभियान चुनौतीपूर्ण बनेको छ । फसेका व्यक्तिहरूको अवस्था बारे यकिन गर्न सुरुङको प्रवेशद्वार खुलाउने प्रयास तीव्र पारिएको छ ।
यसैबीच, उद्धारमा सहयोग पुर्याउन भारतीय उद्धार टोली समेत त्रिशूली क्षेत्रमा पुगेको छ । भारतीय टोलीले हेलिकप्टर मार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक हवाई निरीक्षण गरी त्यसको मूल्याङ्कनका आधारमा थप उद्धार रणनीति तय गर्ने तयारी गरेको छ ।
सुरुङभित्र फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा चिनियाँ र भारतीय प्राविधिक एवं उद्धार टोलीबीच समन्वयात्मक प्रयास जारी रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन