रौतहट, १४ भदौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी जलप्रलयमा परेर सम्पर्कविहीन भएकामध्ये हालसम्म ७६८ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो २ बजे सार्वजनिक गरेको विवरण अनुसार बाढीमा अझै २ हजार ५०२ जना सम्पर्कविहीन रहेको हो ।
प्राधिकरणका अनुसार बाढी तथा विपद्जन्य घटनामा आज दिउसो २ बजे सम्म सबैभन्दा धेरै २६४ शव चितवनमा फेला परेका छन् । यस्तै, पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ शव भेटिएका छन् ।
यसैगरी, विपदमा फसेका ८ हजार ७३० जनाको उद्धार गरिएको प्राधिकरणले जनाए । ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यलाई थप तीव्र बनाइएको छ ।
सीमापारी भारतीय भुमिमा पनि शव बरामद भएको छ तर त्यसको अहिले सम्म औपचारिक पुष्टि हुन सकेका छैनन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन