रौतहट, १४ भदौं । रसुवाको भोटेकोशीमा आएको महा विनाशकारी जलप्रलयको शिकार भई ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवको डीएनए परीक्षण मार्फत पहिचान गर्न भारतबाट १८ जना फरेन्सिक विशेषज्ञको टोली काठमाडौं आइपुगेको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार भारतीय फरेन्सिक विज्ञहरूको टोली काठमाडौं आएर पहिचान नखुलेका शवको वैज्ञानिक परीक्षण तथा पहिचान प्रक्रियामा सहयोग गर्नका निमित्त आएको हो ।
बाढीपछि फेला परेका मृत शरीरको सुरक्षित व्यवस्थापनका लागि हावा नछिर्ने एयरटाइट शव थैली समेत प्राप्त भएको र थप शव थैली आपूर्ति हुने क्रममा रहेको सचिव राईले जानकारी दिए ।
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ठूलो जनधनको क्षति भएको थियो । बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजीका क्रममा विभिन्न स्थानबाट शव फेला पर्ने क्रम अझै जारी छ ।
पहिचान खुल्न नसकेका शवको डीएनए परीक्षणले परिवारलाई आफन्तको अवस्थाबारे यकिन जानकारी दिन सहयोग पुग्ने अपेक्षाका साथ विज्ञ टोलीलाई नेपाल बोलाइएको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन