रौतहट, १४ भदौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका श्रमिक तथा कर्मचारीको उद्धारका लागि भारतीय र चिनियाँ उद्धार टोलीलाई परिचालन गरिएको छ ।
यसअघि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धार गर्दै आएकोमा आज आइतबार देखि विदेशी विशेषज्ञ टोलीलाई समेत अभियानमा जोडिएको हो ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार रसुवा र नुवाकोटका चारवटा जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तथा खोजीको काम भइरहेको छ । थुनिएका सुरुङ खोल्न र भित्र प्रवेश गर्ने बाटो तयार पार्ने कामलाई प्राथमिकतामा राखिएको छ ।
हाल त्रिशूली–३ ‘ए’ (६० मेगावाट), माथिल्लो त्रिशूली–३ ‘बी’ (३७ मेगावाट), माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) र चिलिमे जलविद्युत् आयोजना (२२ मेगावाट) मा उद्धार प्रयास जारी रहेको छ ।
त्रिशूली–३ ‘ए’ मा नेपाली सेना सहित ९३ जनाको टोली परिचालन गरिएको छ । माथिल्लो त्रिशूली–१ मा चिनियाँ उद्धारकर्मी र नेपाली सेनाको संयुक्त टोली खटिएको छ भने चिलिमेमा भारतीय उद्धार टोली र नेपाली सेना उद्धारमा जुटेका छन् ।
बाढीपछि उद्धारमा सहयोग गर्न चीनबाट शनिबार ५ र आइतबार थप ४ जना उद्धारकर्मी नेपाल आएको छ । उनीहरू केरुङ हुँदै रसुवाका प्रभावित क्षेत्रमा पुगे ।
यस्तै, भारतबाट शुक्रबार ५ सदस्यीय सुरुङ उद्धार टोली घटनास्थलको रेकीका लागि आएको थियो भने शनिबार थप १३ सदस्यीय भारतीय सुरुङ उद्धार टोली नेपाल आएर प्रभावित क्षेत्रमा पुगेको छ ।
प्राप्त विवरणअनुसार माथिल्लो त्रिशूली–३ ‘बी’ मा १२२ जना, त्रिशूली–३ ‘ए’ मा ४२ जना र चिलिमेमा ८ जना सुरुङ भित्र फसेको आशंका गरिएको छ । त्रिशूली–३ ‘बी’ बाट यसअघि ११ जनाको उद्धार भइसकेको छ ।
यस्तै, माथिल्लो त्रिशूली–१ मा रहेका ५७६ जनामध्ये २५४ जनाको उद्धार गरिसकेको छ । अझै करिब ३०० जना सुरुङभित्र फसेको आशंका गरिएको छ । सुरुङमा बाक्लो लेदो, हिलो र ढुंगामाटो भरिएका कारण उद्धार टोलीलाई भित्र प्रवेश गर्न कठिन भइरहेको छ ।
बाढीबाट प्रभावित आयोजनाका सुरुङमा ठूलो संख्यामा श्रमिक तथा कर्मचारी फसेको आशंका सँगै नेपाली, भारतीय र चिनियाँ टोलीले अत्याधुनिक उपकरणको प्रयोग गरी संयुक्त रूपमा उद्धार अभियानलाई तीव्रता दिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन