zoom login meeting mic not working on zoom hp laptop zoom download gratis italiano download older versions of zoom zoom 4.6.8 download windows

पसलमा चोरी भएको विषयलाई लिएर टायर बाली प्रदर्शन

   १८ मंसिर २०७७, बिहीबार १६:४३  

रौतहट, १८ मंसिर । रौतहट जिल्लामा पछिल्लो समयमा अपराधिक गतिविधि तथा चोरी हुने क्रम बढ्दै जाँदा जनताहरु आक्रोशित हुँदै प्रहरीको काम कारवाही प्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
बुधवार राति रौतहटको दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर १ गंगापिपरा बजारमा इलाका प्रहरी कार्यालयको अगाडी नै तिन वटा पसलमा चोरी हुनु तर प्रहरीले चाल नपाउनु घटनाबाट जनताहरु आक्रोशित बन्द्रै विहिवार विहान ९.३० बजे देखि १० बजे सम्म इप्रका अगाडी टायर बालेर प्रदर्शन गरेका हुन् ।


इलाका प्रहरी कार्यलय गंगा पिपराको आगाडी जगरनाथ महतोको किराना पसल, धर्मेन्द्र मोबाइल पसल, मोहन कवाड़मा करिव ६ लाख भन्दा मूल्य बरावरको चोरी भएको घटना पछि स्थानीय व्यवसायीहरु आक्रोशित बन्दै इप्रका गेट अगाडी, गौर सरमनपुर सडक खण्ड मा टायर बालेर करिव १ घण्टा सम्म बाटो अवरुद्ध गरी प्रहरी विरुद्ध प्रदर्शन गरेका थिए ।


चोरी भएको सामान्य विषयमा केही व्यक्तिद्धारा व्यापारीलाई उचाली टायर बाल्न लगाई बाटो अवरुढ बनाउदा जिल्ला प्रहरी कार्यालय गौरबाट सुरक्षाकर्मी परिचालित भई आगो निभाई चोरी हुने कार्यलाई नियन्त्रण गर्न स्थानीय प्रहरीको साथै स्थानीय बासिन्दाहरु सजग हुनुपर्नेमा जोड दिए । चोरी गर्ने गिरोहलाई पत्ता लगाई कारवाही गर्ने आश्वासन पाएपछि व्यापारीहरु शान्त भएका थिए ।
त्यती मात्रे नभई बाटो हिडिरहेको अवस्थामा गएराति ९ बजेकै समयमा गंगापिपरा बजारमा मोटरसाइकलमा आएका केही युवकले हिडिरहेका व्यक्तिको हातबाट मोवाइल खोसी फरार भएको बताइएको छ । केही पर गस्तीमा रहेका प्रहरीलाई समेत कुनै वास्ता नगरी मोवाइल खोसेर फरार भएको पिडित व्यक्तिले बताए ।


कोभिड १९ को विश्वव्यापी संक्रमणको महामारीको कारण लामो समय सम्म लागेको लकडाउनबाट युवा पिढिमा वेराजगारी बढेको तर खर्च त्यतीकै रुपमा बढेको हुँदा जिल्लाको विभिन्न स्थानमा पछिल्लो समयमा अपराधिक घटनामा वृद्धि भएको जानकारहरु बताउँछन् । हत्या, लुटपाट, चोरी, बलात्कार जस्ता घटनामा वृद्धि हुँदा उक्त कार्यहरु नियन्त्रण गर्न सम्बन्धित निकाय ठोस योजना बनाएर गएमा मात्रै नियन्त्रण गर्न सकिने नत्र अपराधको घटनामा कमी आउने छैन् दुर्गा भगवती ३ का वडाध्यक्ष धर्मेन्द्रकुमार झाले बताए ।
रातिको समयमा चेकजाँच, मोटरसाइकलमा तिन जना बस्ने परिपाटीको अन्त्य, सवारी साधनको राम्ररी चेकजाँच, मापसे गरेर सवारी चलाउनेलाई कारवाही जस्ता कठोर कदम स्थानीय प्रहरी प्रशासनले उठाउनु नितान्त अवश्यक रहेको आवश्यक्ता वडाध्यक्ष झाले महसुस गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै