चीनमा अध्ययनरत १५३ नेपाली विद्यार्थीको भविष्य अन्धकारमय बन्दै

एक छिमेकी अर्कोलाई आफत परेको वेलामा सहयोग गर्दछ तर अहिलेको छिमेकी आफनो स्वार्थ पुरा गर्नका निमित्त जस्तो सुकै हद सम्म तल झरेर निच हर्कत गर्दछ सोको भुक्तभोगी अहिले नेपाल विद्यार्थीहर बनेका छन् ।
एउटा असल छिमेकीको गुण लाउन नसकिने चीन कस्तो छिमेकी हो ? के असल छिमेकीले आफ्नो छिमेकीलाई कठिन समयमा छाड्छ? के हाम्रा छोराछोरीले चीनमा पढेकाले दुःख भोग्नुपर्ने हो ? यी गरीब एमविविएस विद्यार्थीहरू संग यस्तो भाईरहेका हुन् ।
एमविविएस गर्न चीनमा गएका नेपाली विद्यार्थीहरुलाई कोभिड–१९ को महामारीलाई उद्धृत गर्दै स्वदेश फर्किएकालाई चीनमा जाने अनुमती नदिएकोले विभिन्न चिनियाँ विश्वविद्यालयबाट सैद्धान्तिक पाठ्यक्रम पूरा गरेका १५३ विद्यार्थीले अध्ययन पूरा गर्न सकेका छैनन् । विद्यार्थीहरू २०२० को सुरुमा कोरोनाभाइरस महामारीको प्रकोप पछि घर फर्केका थिए । उनीहरूले सैद्धान्तिक शिक्षा अनलाइनबाटै पूरा गरे र सम्बन्धित विश्वविद्यालयले प्रमाणपत्र जारी गरिसकेका छन् ।
तर, इन्टर्नसिपको अनुभव नहुँदा उनीहरुले एमबीबीएस डिग्री पाएका छैनन् । एक एमविविएस विद्यार्थीलाई पाँच वर्षको अध्ययन पछि एक वर्षको इन्टर्नशिप गर्नु पर्छ । सन् २०१५ र २०१६ मा भर्ना भएका विद्यार्थीलाई चीनले पुन ः प्रवेश अनुमति नदिएको र नेपाल सरकारले यहाँ इन्टर्नसिपको अवसर दिन नचाहेको कारण उनीहरुको भविष्य अन्धारमय बनेका छन् ।
नेपाल सरकारको शिक्षा मन्त्रालयले विद्यार्थीहरुले आफ्नो विश्वविद्यालयमा पढाइलाई निरन्तरता दिन कूटनीतिक माध्यम प्रयोग गर्ने निर्णय गरेको छ, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । तर चिनियाँ सरकारले चाँडै नै पुन ः प्रवेश गर्न नदिने भएकाले सरकारी निर्णयको कुनै अर्थ नभएको विद्यार्थीहरू बताउँछन् ।