रौतहट, १५ भदौं । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक प्रति ऐक्यबद्धता जनाउँदै भारतको सिक्किमले राहत तथा स्वास्थ्य सहायता सामग्री नेपाल पठाएका छन् ।
सिक्किम क्रान्तिकारी मोर्चाको टोली मार्फत ‘सिक्किम फर नेपाल’ अभियान अन्तर्गत राहत तथा स्वास्थ्य सामग्री बोकेको गाडीलाई सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले सोमबार विदाइ गरेका हुन् ।
मिडिया रिपोर्टका अनुसार मुख्यमन्त्री गोलेले विपद्को कठिन समयमा सिक्किमले नेपालका प्रभावित नागरिक प्रति देखाएको यो सहयोग मानवीय संवेदना, करुणा र भ्रातृत्वको भावनाको उदाहरण भएको बताए ।
उनले विपद्को घडीमा सबै एकजुट भएर प्रभावित तथा आवश्यक परेका नागरिकलाई सहयोगको हात बढाउनु पर्नेमा जोड दिए ।
सिक्किमबाट पठाइएको राहत तथा स्वास्थ्य सहायता सामग्रीले विपद्बाट प्रभावित नेपाली नागरिकलाई आवश्यक सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन