भोटेकोशी महाविनाशकारी जलप्रलयका पीडित ५० परिवारलाई आरडिसी नेपालद्वारा राहत सहयोग

0 Shares

रौतहट, १५ भदौं । भोटेकोशी र त्रिशुली नदीमा आएको महाविनाशकारी जलप्रलयबाट प्रभावित परिवारका लागि ग्रामीण विकास केन्द्र (आरडिसी) नेपाल, रौतहटले राहत सामग्री उपलब्ध गराएको छ ।
अक्सफाम नेपालको सहयोगमा आरडिसी नेपालले महाविनाशकारी जलप्रलय प्रभावित ५० घरधुरीलाई करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न, सरसफाइ सामग्री तथा अस्थायी आवासका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो ।
बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्ने उद्देश्यले खाद्यान्न, सरसफाइ सामग्री र अस्थायी आश्रयका लागि आवश्यक सामग्री उपलब्ध गराइएको संस्थाले जनाए ।
ग्रामीण विकास केन्द्र नेपालका कार्यकारी निर्देशक आशिषकुमार सिंहले विपद्को कठिन अवस्थामा प्रभावित परिवारलाई थप सहयोग पुर्याउन संस्थाका कर्मचारीहरू एकजुट भएर स्रोत जुटाउने तथा राहत सामग्री प्रभावित सम्म पुर्याउने कार्यमा सक्रिय रहेको बताए ।
उनका अनुसार आगामी दिनमा प्रभावित परिवारका लागि थप राहत तथा सहयोग उपलब्ध गराउन अन्य दाता तथा साझेदार संस्थासँग समन्वय र सहकार्यका लागि पहल भइरहेको छ । आवश्यकताका आधारमा बाढी प्रभावित नागरिकलाई सहयोग उपलब्ध गराउन संस्था निरन्तर सक्रिय रहने उनले बताए । यसैगरी, आरडिसी नेपालले आफ्ना कर्मचारी तथा अन्य सहयोगी स्रोतबाट थप रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाए ।
संस्थाले विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी निकाय, गैरसरकारी संस्था र अन्य सहयोगी पक्षबीच प्रभावकारी सहकार्य आवश्यक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।