एआई प्रविधिको सहयोगमा तयार पारिएको साँकेतिक तस्वीर ।
सर्लाही, १५ भदौं । सर्लाहीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिका स्थित इलाका प्रहरी कार्यालय कर्मैयाले बिलबिजक बिनाको लाखौं मूल्यको मदिरा बोकेको विदेशी नम्वरको कारसहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
नवलपरासीबाट पूर्वतर्फ आउदै जाँदै गरेको डिएल १० सीई ६१६० नम्बरको भारतीय टोयटा कार नियन्त्रणमा लिई खानतलासी गर्दा कारको पछाडिको सिटमुनि फल्स बटन बनाएर लुकाइएको लाखौ मूल्य बराबरको मदिरा सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बेदप्रसाद गौतमद्वारा हस्ताक्षरित प्रेस नोटमा मदिराको अनुमानित मूल्य ४ लाख ४४ हजार १०० रुपैयाँ रहेको छ । मदिरा बिलबिजक बिनाको अवस्थामा फेला परेपछि नियन्त्रणमा लिएको जनाए ।
प्रहरीले कारबाट ८० बोतल भोड्का, ८७ बोतल ठूलो रोयल स्ट्याग र १३० बोतल सानो रोयल स्ट्याग बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय कर्मैयाका प्रमुख प्रहरी नायब निरीक्षक रोशन लामिछानेको कमाण्डमा खटिएको प्रहरी टोलीले मदिरासहित कारमा सवार भारतको गौतम बुद्ध निवासी ४० वर्षीय अनिल शर्मा, नजफगढ साउथ वेस्ट निवासी २८ वर्षीय मो. सारुख अन्सारी र सितामढी निवासी २१ वर्षीय प्रबेन्द्र कुमारलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उक्त प्रेस नोटमा उल्लेख रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन