नेपाली भु भाग अतिक्रमण गरेका चीन प्रति नेपाली सरकारको मौनता

   १ माघ २०७८, शनिबार ०७:२०  

उत्तरी छिमेकी मुलुक चीनद्धारा हुम्ला सहित नेपालका अन्य ४ जिल्लामा सिमा मिचेर अतिक्रमण गर्ने चिनियाँ निति विरुद्ध नेपाल सरकार मौन रहेको पाइएको छ ।
नेपाली भूमिमा चिनियाँ अतिक्रमण वारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन नेपाल सरकारलाई तत्काल सार्वजनिक गर्नुपर्छ ।
नेपाल उत्तर छिमिकी देश चिनले हुम्ला, रसुवा, सिन्धुपालचोक, ताप्लेजुंग सहितका अन्य जिल्लामा चिनियाँ अतिक्रमणबारे नेपाल सरकारको अस्वाभाविक एवम् रहस्यमय मौनताप्रति नेपाली जनताको गम्भीर ध्यानाकर्षण भएको छ ।
चीनले हुम्ला र नेपालका अन्य ४ जिल्लामा रहेको नेपाली भूमिलाई आफ्नो भनाइ राखेको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ ।
कुटनीति निःसन्देह आवेग र उत्तेजनाको विषय हैन । तर अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता माथि लगातार ठाडो हस्तक्षेप गर्ने चीनको मिचाहा प्रवृत्ति पुनरावृत्त हुँदा नेपाल सरकारले समयमै आवश्यक प्रतिवाद गर्न नसक्ने हो भने त्यसका दूरगामी असर मुलुकले भोग्नुपर्ने हुन्छ ।
नेपाली भू–भागमा उत्तरी छिमेकीको मनपरी, देश प्रेमी कुनै पनि नागरिकलाई स्वीकार्य छैन। नेपाली भूमिमा गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने दह्रो अडानसहित चीनसँग अविलम्ब कूटनीतिक संवाद अघि बढाउन नेपाली जनता सरकारलाई आग्रह गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै