भारत संग सर्लाहीको विभिन्न नाकाहरुबाट राजस्व छलीका कारोवारहरु फस्टाउदै, सम्बध निकाय मौन

0 Shares

सर्लाही, १६ भदौं । सर्लाहीको भारत संग जोडिएका सीमावर्ती नाकाहरुबाट पछिल्लो समय यता ठूलो परिमाणमा राजस्व छलीको कारोवार फस्टाउदै गएका छन् ।
खास गरेर सीमावर्ती भारतीय बजारबाट रातिको समयमा दैनिक उपभोग्यका सामान देखि लिएर, कपडा, रेडिमेट कपडाहरु, हार्डवेयरका सामानहरुको साथै नेपालमा प्रतिबन्ध रहेका बचवा माछा लगायतका सामानहरु निर्वाध रुपमा राजस्व छली गरेर भित्रने गरेका हुन् ।
बलरा नगरपाकिलाको वडा नम्वर १, ३ र ८ मा रहेका पिलर संख्या ३३९–७, ३३९–१० र ११, ३३९–२६–२७–२८ तथा डब्लु पी–१ र डब्लु पी–४ र ७ को बाटो भएर दैनिक रुपमा १० देखि १५ वटा दुधारे भैंसी, राँगा, पटाका भारतबाट नेपाल आउने गरेको तथा नेपालबाट भारत तर्फ विद्युतिय चुरोट भेप, मदिरा सहित अन्य सामानहरु निर्वाध रुपमा जाने गरेको स्थानीय श्रोतले बतायो ।
सेढवा छनकी भएर दर्जनौं बाईकमा मदिरा, भेप तथा पारीबाट कपडा, किरानाको सामानहरु सहित नेपालमा प्रतिबन्ध रहेका बचवा माछा भित्रयाउने क्रम यतिखेर बढेका छन् । उक्त कार्यमा विओपी छतौनाका सशस्त्र प्रहरी निरीक्षक रबीन कार्की र प्रहरी चौकी छनकीका प्रसनी नागेन्द्र बैठाको सेटिंगमा उक्त गोरखधन्धा निर्वाध रुपमा संचालन भईरहेको बताइएको छ ।
यसैगरी सीमरा, वारा उधोरण, भाडसर लगायतका नाकाहरुबाट रातिको समयमा राजस्व छलीको कारोवार ह्वातै रुपमा बढेका छन् । स्थानीय स्रोतका अनुसार उक्त नाकाबाट लामो समयदेखि विभिन्न सामानको अवैध ओसारपसार भइरहेको र यसमा केही व्यक्तिहरू सक्रिय रहेको दाबी गरिएको छ । तस्करीमा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूमा रौशन यादव, हिरालाल साह, बृजकिशोर यादव, ओम साह र मनोज कापर रहेको बताइएको छ ।
दिउसोको समयमा भईरहेको राजस्व छलीको कारोवार सम्बन्धमा धेरै गुनासोहरु बढेपछि सर्लाही सहित रौतहटमा पनि तस्करीको स्वरुप परिवर्तन भई रातिको समयमा कारोवार जारी रहेकोमा सम्बध विओपी, प्रहरी युनिटहरुको अपवित्र साँठगाँठको परिणाम हुन्, जुन लक्ष्मिकान्तको मोहमा जस्तो सुकै कार्य यहाँ असम्भव छ्रैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।