रौतहट, १६ भदौं । रौतहटको गढीमाई नगरपालिकामा कार्यरत करार कर्मचारीहरू लामो समयदेखि बाँकी रहेको तलबभत्ता भुक्तानीको माग गर्दै नगरपालिका कार्यालय परिसरमा धर्नामा बस्न बाध्य भएका छन् ।
सम्पूर्ण करार कर्मचारीको आयोजनामा सुरु गरिएको शान्तिपूर्ण धर्नामा नगरपालिकाका विभिन्न वडा, शाखा तथा कार्यालयमा कार्यरत करार कर्मचारीहरूको सहभागिता रहेका हुन् ।
लामो समयदेखि आफूहरूले पाउनुपर्ने तलब तथा भत्ता नपाएको भन्दै कर्मचारीहरूले तत्काल बाँकी रकम भुक्तानी गर्न माग गरे । कर्मचारी रामपुजन रायका अनुसार करार कर्मचारीको बाँकी तलब–भत्ता उपलब्ध गराउनुपर्ने, उनीहरूका मागप्रति सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने तथा करार कर्मचारी माथि भइरहेको विभेद अन्त्य गर्नुपर्ने माग राखे ।
कर्मचारी राकेश पटेलले आफ्ना माग पूरा नभएसम्म शान्तिपूर्ण धर्ना जारी राख्ने बताए । आन्दोलनका क्रममा कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी नगरपालिकाको हुने उनले चेतावनी समेत दिए ।
धर्ना कार्यक्रम शान्तिपूर्ण रूपमा भइरहेको छ । उनीहरूले लामो समय देखि रोकिएको तलब–भत्ता तत्काल उपलब्ध गराई समस्या समाधान गर्न नगरपालिकासँग जोडदार रुपमा माग गरे ।
यता गढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले अहिले खाता सञ्चालन भएको छैन, खाता संचालन भएपछि उनीहरुको भुक्तानी गरिने छ, भुक्तानी गर्न करिव दुई करोड लाग्ने बताए ।
करिव एक सय भन्दा बढि करारका कर्मचारी कार्यरत रहदा पछिल्ला ७ महिना देखि लिएर तिन महिना सम्मको तलव भत्ता बाकी रहेको हुँदा खाता संचालन भएपछि मात्रै भुक्तानी प्रक्रियामा जाने उनले स्प्ष्ट पारे ।
गढीमाई नगरपालिकाका कार्यवाहक मेयर स्मीता कुमारी यादवले असोज १५ गतेसम्म सबै करार कर्मचारीको बाँकी तलब–भत्ता भुक्तानी गरिने प्रतिबद्धता जनाएकी छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन