रसुवाको बाढीमा मधेसका १६२ जना अझै सम्पर्क विहिन, पीडितको खोजी र राहतमा जुट्यो सिंगो मधेस

0 Shares

रौतहट, १६ भदौं । रसुवामा गत साता आएको विनाशकारी बाढी–पहिरोमा परेर ठूलो जनधनको क्षति भएपछि देशभरीबाट उद्धार तथा राहत अभियान तीव्र भइरहेका बेला मधेस प्रदेश आफ्ना नागरिकको खोजी र रसुवाली पीडितका लागि राहत जुटाउने अभियानमा एकसाथ जुटेका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार रसुवाको बाढीपछि मधेस प्रदेशका आठ जिल्लाका १९५ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये ३० जना परिवारको सम्पर्कमा आएका छन् भने दुई जनाको मृत्यु पुष्टि भएको छ । अझै १६२ जना सम्पर्कविहीन रहेको प्रदेश प्रहरी प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालले जानकारी दिए ।
सबैभन्दा बढी सप्तरीका ४९ जना सम्पर्कविहीन रहेका छन् । तीमध्ये केही सम्पर्कमा आए पनि ठूलो संख्या अझै बेपत्ता रहेको प्रहरीले जनाए । पर्साका ४० मध्ये ३८ सम्र्पकविहिन, बाराका २५ मध्ये २३ जना सम्पर्कविहिन, रौतहटका १९ मध्ये १३ जना सम्पर्कविहिन, सर्लाहीका २१ मध्ये १८ जना सम्पर्क विहिन, महोत्तरीका १७ मध्ये १० जना सम्पर्क विहिन, धनुषाका १४ मध्ये ७ जना र सिरहाका १० मध्ये ८ जना अझै सम्पर्कविहीन रहेको बताइएको छ ।
रसुवामा उद्धार तथा राहतमा खटिएका मधेस प्रदेशका सुरक्षाकर्मी समेत सम्पर्कविहीन भएको विवरण छ । प्रहरीतर्फ सम्पर्कविहीन १० जनामध्ये सात जना सम्पर्कमा आएका छन् भने तीन जना अझै बेपत्ता रहेको छ । नेपाली सेनातर्फ तीन जना सम्पर्कविहीन मध्ये एक जना सम्पर्कमा आए पनि दुई जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ ।
आफ्ना नागरिकको खोजीसँगै रसुवालीका लागि राहत
रसुवामा ठूलो संख्यामा आफ्ना नागरिक बेपत्ता भएपछि मधेसमा परिवारजनलाई सूचना उपलब्ध गराउने र खोजी कार्यमा सहयोग गर्ने प्रयाससँगै बाढीपीडितका लागि राहत संकलन अभियान समेत तीव्र बनेको छ । स्कुले विद्यार्थी, सरकारी कर्मचारी, नागरिक समाज, व्यवसायी, बुद्धिजीवी, सामाजिक संघसंस्था तथा युवाहरू स्वःस्फूर्त रूपमा राहत संकलनमा जुटेका देखिन्छन् । उनीहरूले खाद्यान्न, लत्ताकपडा, पानी, औषधिलगायत अत्यावश्यक सामग्री संकलन गरिरहेका छन् । संकलित सामग्री लिएर विभिन्न टोली रसुवातर्फ पुगिरहेका छन् ।
रौतहटबाट राहत सामग्री लिएर रसुवा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता तथा व्यवसायी रबि जयसवालले विपत्तिमा परेका नागरिकलाई तत्कालको राहत मात्रै पर्याप्त नहुने बताए ।
उनले रसुवाको अवस्था अत्यन्तै हृदयविदारक रहेको उल्लेख गर्दै भने, “रसुवाको यो पीडा क्षणिक राहतले मात्रै पुग्दैनन ।”
छैटौँ दिनसम्म शव नभेटिएपछि कुशको शव बनाएर अन्त्येष्टि
यसैबीच रसुवाको बाढीमा बेपत्ता भएका पर्साको पोखरिया नगरपालिका–७ रानीगञ्ज रहरियाका सोनालाल पण्डितको छैटौ दिनसम्म पनि अवस्था पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको समाचार प्राप्त भएको छ ।
आफन्तका अनुसार लगातार खोजी गर्दा पनि सोनालालको शव फेला नपरेपछि धार्मिक परम्परा अनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको हो ।
रसुवाको बाढी–पहिरोले मधेसका सयौँ परिवारलाई आफन्तको अवस्थाबारे गहिरो चिन्तामा पारेको छ । एकातिर १६२ जना अझै सम्पर्कविहीन छन्, अर्कोतर्फ हजारौँ रसुवाली पीडितका लागि मधेसबाट राहत र सहयोग जुटिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।