बाराका ११ वर्षीय बालकको भारतमा हत्या भएको पुष्टि, अपहरणपछि सीमापार लगेर हत्या गरेको खुलासा

0 Shares

बारा, १७ भदौं । बाराबाट अपहरण भएका ११ बर्षीय बालकको भारतको बिहारस्थित सिंहदा नदी किनारमा मृत अवस्थामा शव फेला परेको छ ।
विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय बालक राजेशकुमार साहको हत्या भएको पुष्टि भएको हो ।
प्रहरी अनुसन्धानबाट बालकलाई अपहरण गरी सीमापार भारत लगेर हत्या गरिएको खुलेको छ ।
राजेशकुमारलाई गत भदौं ९ गते बिहान ९ बजका समयदेखि हराएका थिए । परिवारले बालक हराएको भन्दै प्रहरी चौकी मुसहर्वामा निवेदन दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो । खोजीका क्रममा उनी हराएको दुई दिनपछि अर्थात् ११ गते भारतको बिहार, मोतिहारी जिल्ला, नुनियाडी पञ्चायत–१ स्थित सिंहदा नदीको किनारमा मृत अवस्थामा फेला परेका थिए।
घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो । सीसीटीभी फुटेज तथा भारतीय प्रहरीसँगको समन्वयमा गरिएको अनुसन्धानबाट बालकलाई विश्रामपुरबाट अपहरण गरी भारत लगेर हत्या गरिएको तथ्य खुलेको प्रहरीले जनाए ।
प्रहरीका अनुसार घटना लुकाउने उद्देश्यले बालकलाई सीमापार भारत लगेर हत्या गरिएको देखिएको छ । घटनामा संलग्न रहेको आरोपमा १७ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका किशोरविरुद्ध अपहरण तथा कर्तव्य ज्यान कसुरमा बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डिएसपी मिन घलेले जानकारी दिए । घटनामा संलग्न अन्य व्यक्तिहरुको संलग्नता भए–नभएको विषयमा अनुसन्धान जारी रहेको जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।