रौतहट, १७ भदौ । गौर नगरपालिका–७ सिसवा बिर्ता स्थित सरस्वती माध्यमिक विद्यालयमा नवनिर्मित विज्ञान प्रयोगशाला तथा स्मार्ट कक्षाको उदघाटन गरिएको छ ।
गौर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको विज्ञान प्रयोगशाला तथा स्मार्ट कक्षाको बुधवार एक समारोहबीच गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले उदघाटन गरेको हो ।
विद्यार्थीलाई आधुनिक तथा प्रविधिमैत्री शिक्षाको पहुँचमा पुर्याउने उद्देश्यले नगरपालिकाको १० लाख रुपैयाँको लागतमा प्रयोगशाला तथा स्मार्ट कक्षा निर्माण गरिएको विद्यालयले जनाए ।
उदघाटन कार्यक्रममा गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विद्यालयका प्रधानाध्यापक, शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
नवनिर्मित विज्ञान प्रयोगशालाले विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक अभ्यास मार्फत सिक्ने अवसर प्रदान गर्ने नगरप्रमुख साहले अपेक्षा गरे । स्मार्ट कक्षा मार्फत डिजिटल प्रविधिको प्रयोग गरी शिक्षण–सिकाइलाई थप प्रभावकारी र आधुनिक बनाउने लक्ष्य राखिएको उनले भने ।
नगरपालिकाले विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीलाई प्रविधिसँग जोड्न आवश्यक पूर्वाधार निर्माणमा निरन्तर रुपमा सहयोग गर्दै आएको उनले चर्चा गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन