रौतहट, १८ भदौं । भारतले बाढी तथा विपद्बाट प्रभावित नेपालका लागि आपत्कालीन सहयोग पठाउने क्रमलाई निरन्तर रुपमा जारी राखेका छन् ।
भारतका विदेशमन्त्री एस. जयशंकरले बुधबार नेपालका लागि आपत्कालीन सामग्री बोकेको पाँचौं भारतीय बायु सेनाको विमानबाट उक्त सामान पठाएका हुन् ।
विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिदै उक्त विमानमा ११ सदस्यीय विशेष उद्धार टोली, उद्धारका लागि आवश्यक अत्याधुनिक उपकरण तथा ५.५ टन अत्यावश्यक औषधि हिजो बुधवारनै पठाइएको उल्लेख छ ।
उनले लेखेका छन्, “भारतको पाँचौं विमान नेपालका लागि प्रस्थान गरेको छ । यसमा विशेष उपकरणसहित ११ सदस्यीय उद्धार टोली र ५.५ टन अत्यावश्यक औषधि छन् ।”
नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि उद्धार तथा राहत अभियानलाई थप प्रभावकारी बनाउन भारतले विभिन्न चरणमा उद्धार टोली, उपकरण, औषधि तथा अन्य अत्यावश्यक राहत सामग्री उपलब्ध गराउँदै असल छिमेकीको भुमिका निर्वाह गर्दै आएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन