यथास्थितिमा संसद चल्न नदिने एमाले सचेतक विशाल भटराईको चेतावनी

565 Shares

काठमाडौं, १ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले यथा स्थितिमा आफूहरुले संसद् चल्न नदिने चेतावनी दिएका छन् ।
उनले भने ‘प्रतिनिधिसभा नियामावलीमा सभामुखलाई दलले निश्काषन गरिएका सांसद जोगाउने अधिकार छैन् । आफ्नो कर्तव्यबाट सभामुख चुकेको आरोप लगाए ।
सरिता गिरी, रामबहादुर थापा र टोपबहादुरहरुलाई कारबाही गर्दा उहाँले निष्काशन गरेको सुचना टाँस्नुभयो । यो विषयमा अहिले अदालत सम्म पुगेको छ, अदालतले गर्ने निर्णय मान्छौं । सभामुखले विलम्ब गरेर भएपनि कारबाहीको सुचना टाँस्नु पर्यो । यदि उहाँले यसो गर्नु भएन, मार्ग प्रशस्त गर्नुपर्यो ।
एमाले अहिलेको अवस्थामा संसद्को गतिरोध अन्त्य गर्ने अवस्थामा छैन् । उनले एमालेले आगामी दिनमा नयाँ गठबन्धन नबनाउने पनि जिकिर गरे । उनले भने, ‘यो गठबन्धन भत्काउने हाम्रो चाहना होइन । स्थानीय तहको निर्वाचन सार्ने कुरा सुन्दैछु, यथा शिघ्रा मिति तोकेर निर्वाचन घोषणा गर्नुपर्छ ।’
उनले अहिले देशव्यापी रुपमा एमालेको पक्षमा माहोल रहेको विश्वास दिलाए । उनले भने, ‘अहिले एमालेको पक्षमा जनमत छ र राम्रो माहोल पनि छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार