रौतहट, १८ भदौं । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि नेपाल बार एसोसिएसन रौतहटले १ लाख १ हजार आर्थिक सहयोग गरेको छ ।
बार एसोसिएसन रौतहटले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार समितिको खातामा जम्मा गरेको जनाएको हो । देशका विभिन्न क्षेत्रमा बाढी, डुबान तथा प्राकृतिक विपद्का कारण नागरिक प्रभावित भइरहेका बेला पीडित परिवारको राहतमा योगदान पुर्याउने उद्देश्यले सहयोग रकम जम्मा गरेका छन् ।
नेपाल बार एसोसिएसन रौतहटका जिल्ला अध्यक्ष हेमचन्द्र लाल कर्णका अनुसार विपद्का बेला पीडित नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएकाले रौतहटका कानुन व्यवसायीहरूको तर्फबाट सहयोग गरेको बताए ।
अध्यक्ष कर्णले राज्यका साथै विभिन्न संघसंस्था, पेशागत संगठन र नागरिक समाजले समेत विपद्को समयमा आफ्नो सामाजिक उत्तर दायित्व निर्वाह गर्नुपर्ने बताए ।
“देश पीडामा रहेको बेला रौतहटका वकिलहरूको तर्फबाट केही सहयोग पुगोस भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार समितिको खातामा १ लाख १ हजार रुपैयाँ जम्मा गरेका हौं उनले भने ।”
बाढी तथा डुबानबाट प्रभावित नागरिकलाई तत्काल राहत, खाद्यान्न, आवास तथा अन्य आवश्यक सामग्रीको आवश्यकता भइरहेका बेला बारको यो सहयोगले राहत तथा उद्धार कार्यमा केही योगदान पुग्ने अपेक्षा गरिएको छ ।
कानुन व्यवसायीहरू सामान्यतया न्याय र कानुनी अधिकारका विषयमा सक्रिय रहने भए पनि विपद्को समयमा राहतका लागि आर्थिक सहयोग गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्नु सकारात्मक कदमका रूपमा लिइएको छ । सरकारी तथा गैरसरकारी क्षेत्रबाट बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग जुटिरहेका बेला रौतहट बारको यो पहलले अन्य पेशागत संगठन तथा संघसंस्थालाई समेत विपद्का बेला पीडित नागरिकको साथमा उभिन प्रेरणा दिने छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन