नयाँ दिल्ली, ३ भदौं । भारतले अमेरिकासँग प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता (बीटीए) का विवरण तत्काल सार्वजनिक नगर्ने संकेत दिएको छ ।
वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले अमेरिका–भारतका प्रतिस्पर्धी मुलुकहरूको तुलनामा विशेष वा सुविधायुक्त व्यापारिक शर्त प्रस्ताव गरेपछि मात्र सम्झौताको विवरण सार्वजनिक गरिने संकेत दिएको हो ।
गोयलका अनुसार भारतले विभिन्न मुलुक तथा क्षेत्रसँग गरेका नौवटा स्वतन्त्र व्यापार सम्झौता (एफटीए) ले करिब ६० ट्रिलियन अमेरिकी डलर बराबरको कुल गार्हस्थ उत्पादन (जीडीपी) प्रतिनिधित्व गर्ने अर्थतन्त्रलाई समेट्छन् । यी सम्झौताले विश्वव्यापी व्यापारको झन्डै दुई–तिहाइ हिस्सामा भारतलाई विशेष पहुँच प्रदान गर्ने उनको दाबी गरिएको छ ।
उनले आगामी महिना तथा वर्षहरूमा क्यानडा, मेक्सिको, चिली, मर्कोसुर, दक्षिण अफ्रिका भन्सार संघ (SACU), खाडी सहयोग परिषद् (GCC) र इजरायलसँग व्यापार सम्झौता अघि बढाउने भारतको तयारी रहेको बताए ।
यसैगरी आसियान, दक्षिण कोरिया र जापानसँग भएका व्यापार सम्झौताको पुनरावलोकन गर्ने प्रयास समेत भइरहेको गोयलले जानकारी दिए । भारतले यी व्यापारिक पहल मार्फत आफ्ना प्रमुख प्रतिस्पर्धी मुलुकको तुलनामा कम दरमा विश्वव्यापी व्यापारको ७५ प्रतिशत हिस्सामा पहुँच विस्तार गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।
अमेरिकासँगको व्यापार सम्झौताका विषयमा भारतले लिएको पछिल्लो अडानले व्यापार वार्तामा बजार पहुँच, भन्सार दर र प्रतिस्पर्धात्मक लाभलाई केन्द्रमा राखेर अघि बढ्ने रणनीति अपनाएको संकेत दिएको छ ।
सम्झौताका शर्त भारतका लागि अनुकूल भएपछि मात्रै त्यसलाई सार्वजनिक गर्ने सरकारको तयारी देखिएको छ ।
श्रोतः पीटीआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन