मर्यादपुर एकिकृत दलित बस्तीको उदघाटन तथा लक्ष्ति वर्गलाई हस्तान्तरण

725 Shares

मौलापुर (रौतहट), १ माघ । मौलापुर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको एकिकृत नमूना बस्तीलाई लक्ष्ति वर्गलाई एक समारोहका विच शनिवार हस्तान्तरण गरिएको छ ।
मौलापुर नगरपालिकाद्धारा ११ कत्ठा जग्गा खरिद गरिएको र स्थानीयको ६ कत्ठा गरी १७ कत्ठामा निर्माण करिव ३ करोड ४६ लाखको लागतमा २५ परिवारलाई पुग्ने २५ वटा पक्कि घर निर्माण कार्य सम्पन्न गरेर आज नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र युवा एवं निर्वतमान साँसद प्रभु साहले संयुक्त रुपमा उदघाटन गरी लक्ष्ति वर्गलाई हस्तान्तरण गरिएको हो ।
चमार समुदायको बाहुल्य रहेको उक्त बस्तीमा मौलापुर नगरपालिकाको आर्थिक लगानीमा सुविधा सम्पन्न भवनहरु निर्माण गरिएको छ, ढल, खानेपानी, सोलारबती, शौचालय सडक निर्माण गरेर हस्तान्तरण गरिदा निकै खुशी लागेको मौलापुर नगरपालिकाको मेयर रिनाकुमारी साहले बताइन् ।
मर्यादपुर एकिकृत दलित बस्तीका लागि नगरपालिकाले यहाँको बासिन्दाहरुको घरको अवस्थालाई मध्यनजर राख्दै सुविधा सम्पन्न घर बनाएर हस्तान्तरण गरेकोमा लाभान्वित वर्ग निकै हर्षित भएको छठु महरा चमारले बताए । आफूहरु धेरै बर्ष देखि फुसको छाप्रो भएको घरमा बस्दै आएर निकै दुख कष्ट झेल्नु परेको थियो । यस क्षेत्रका साँसद मन्त्री प्रभु साहको कारण मौलापुर नगरपालिकाद्धारा निर्माण गराउनमा निकै मद्दत पुर्याएकोमा उनीप्रति आभार व्यक्त गरे ।
यस्तै सोही बस्तीको बासिन्दा एवं मौलापुर नगरपालिकाको कार्यपालिका सदस्य कान्ति देवी रामले अन्य नगरपालिका भन्दा धेरै कम बजेट भएपनि नगरबासी भोग्दै आएको दुख कष्टलाई दुर गर्ने उद्देश्यबाट मेयर रिनाकुमारी साह र उनका श्रीमान एवं नेता प्रभु साहको कृपाले गर्दा मर्यादपुर एकिकृत दलित बस्तिको निर्माण भई यहाँ बसोबास गर्ने अवसर पाएकोमा उनीहरुलाई धन्यवाद दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार