रौतहट, २० भदौं । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याको छ ।
शनिवार विहान नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढीमा परी हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ भने ४ हजार ८९८ जना अझै बेपत्ता रहेका हुन् ।
फेला परेका शवहरुमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेको जनाए । यस्तै, ५०१ वटा आंशिक शवका अंग समेत फेला परेका छन् । तीमध्ये अधिकांशको पहिचान हुन बाँकी रहेको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख रहेको छ ।
सार्वजनिक भएको विवरणमा बेपत्ता हुनेमध्ये २ हजार ९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक रहेको छ । बेपत्ता नेपाली नागरिकमा २ हजार ४४८ पुरुष र ४८२ महिला रहेको हो । थप १ हजार ३५० जनाको बेपत्ता भएको जानकारी फोन मार्फत प्राप्त भएको प्रहरीले जनाए ।
विनाशकारी बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार ६३१ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये ७ हजार ३८७ नेपाली र १ हजार २४४ विदेशी नागरिक रहेको छ । बाढीका कारण ३ हजार ६५५ जना विस्थापित भएकालाई विभिन्न होल्डिङ सेन्टरमा राखेर व्यवस्थापन गरिएको छ ।
खोज तथा उद्धार अभियानलाई तीव्र बनाउन ७ हजार २१२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । उद्धारका क्रममा ६५ जना प्रहरी कर्मचारी समेत बाढीबाट प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेको उक्त विवरणमा उल्लेख छ ।
फेला परेका शवमध्ये १ हजार ३० वटाको जमिनमा गाडेर व्यवस्थापन गरिएको छ । पहिचान हुन नसकेका शवको पहिचानका लागि डीएनए नमुना संकलन कार्यलाई तीव्र बनाइएको छ ।
१ हजार २६० मृतक र ९७२ जना मृतकका आफन्त गरी कुल २ हजार २३२ जनाको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाए । पहिचान हुन नसकेका १ हजार २७० जनाको विवरण वेबसाइटमा सार्वजनिक गरिएको छ ।
भोटेकोशी बाढीपछि जारी खोज तथा उद्धार अभियानसँगै शव पहिचान, विस्थापितको व्यवस्थापन र बेपत्ताको खोजी अहिले सुरक्षा निकायका लागि ठूलो चुनौती बनेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन