एनआरएन कतारको सदस्य शेख जिकरुल्लाहको सहयोगमा गम्हरियामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्नः ५२ जना शल्यक्रियाको लागि छनौंट

0 Shares

रौतहट, २१ भदौं । रौतहटको गढीमाई नगरपालिका–३, गम्हरिया पर्सा ंंस्थित मदरसा इस्लाहुल मुस्लिमिनमा आईतवार सञ्चालन गरिएको एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविरबाट ३२२ जना लाभान्वित भएका छन् ।
शिविरमा आँखा परीक्षण, परामर्श तथा उपचार सेवा गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक टोलीले सेवा प्रदान गरेका थिए ।
नेपाल नेत्रज्योति संघ, गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सेवा, एनआरएन कतारका सदस्य तथा समाजसेवी एवं नेपाली मुस्लिम कतार दोहाको उपाध्यक्ष  शेख जिकरुल्लाहको संयोजन तथा रुइत फाउण्डेशनको आर्थिक सहयोगमा शिविरको आयोजना गरिएको थियो ।
शविरमा परीक्षण गरिएका बिरामी मध्ये ५२ जनालाई लेन्ससहितको निःशुल्क शल्यक्रियाका लागि छनोट गरिएको गौर आँखा अस्पतालले जनाएको छ । यस्तै, १७२ जना बिरामीलाई आवश्यक औषधि निःशुल्क वितरण गरियो ।
शिविरको समापन अवसरमा गौर आँखा अस्पतालका अध्यक्ष विजयकुमार सिंह तथा व्यवस्थापन समितिका सदस्य एवं नेपाल नेत्रज्योति संघ रौतहटका सचिव बच्चा बाबु यादवले सेवा प्रवाह तथा कार्यक्रम व्यवस्थापनको अवलोकन गर्दै शिविर प्रति विशेष चासो व्यक्त गरेका थिए ।
कार्यक्रममा एनआरएन कतारका सदस्य, समाजसेवी तथा नेपाली मुस्लिम सोसाइटी दोहा, कतारका उपाध्यक्ष शेख जिकुरुल्लाहलाई गौर आँखा अस्पतालको सेवा विस्तार तथा शिविर सञ्चालनमा पुर्याएको योगदानको कदर गर्दै अध्यक्ष सिंहले कदरपत्र सहित सम्मान गरे ।
यसैगरी, शेख जिकुरुल्लाहले पनि गौर आँखा अस्पतालले प्रदान गर्दै आएको आँखा उपचार सेवाको प्रशंसा गर्दै अस्पताललाई प्रशंसापत्र प्रदान गरेका थिए । शिविरमा प्राविधिक टोलीको नेतृत्व अर्चन सिंह र अमित दासले संयुक्त रूपमा गरेका थिए । अस्पतालका संयोजक सत्येन्द्र पाण्डेका अनुसार गौर आँखा अस्पतालको ९ सदस्यीय प्राविधिक टोलीले शिविरमा आँखा परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरेको थियो ।
शल्यक्रियाका लागि छनोट भएका बिरामीहरूलाई भोलिदेखि अस्पतालसम्म आउन–जान आवश्यक व्यवस्था मिलाइएको संयोजक पाण्डेले बताए । छनोट भएका बिरामीको निःशुल्क शल्यक्रिया सहित आवश्यक उपचार सेवा गौर आँखा अस्पतालमै प्रदान गरिनेछ ।
आँखा स्वास्थ्य सम्बन्धी आफ्नो महाअभियानलाई निरन्तरता दिँदै गौर आँखा अस्पतालले आउँदो आइतबार सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा समेत निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाए ।
अस्पतालले सेवा, साझेदारी र सहकार्यलाई प्राथमिकता दिँदै दृष्टिविहीनताको जोखिम न्यूनीकरण गर्ने अभियानलाई थप व्यापक बनाउँदै लैजाने जनाएको छ ।
शिविरको संयुक्त प्रचार–प्रसार उज्यालो टिभी तथा तराई टप अनलाईन मार्फत गरिएको थियो ।
ं ंमदरसाको सेक्रेटरी शेख रियाजुल हक (ग्यासुदिन) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएन कतारको सदस्य शेख जिकुरुल्लाह, स्थानीय समाजसेवी महम्मद दाउद र महम्मद साजिद हुसैनको सक्रियतामा आँखा शिविर भव्य रुपमा सम्पन्न भएको जनाइएको छ ।
शल्यक्रियाको लागि छनौट भएकाहरुलाई भोली देखि गौर आँखा अस्पतालमा ल्याएर निःशुल्क रुपमा शल्यक्रिया गरिन कार्यक्रम संयोजक पाण्डेले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।