download a zoom app zoom app for computer how do i update my zoom app zoom app download for windows 10 pc zoom app error you are not eligible

सिमा विवाद वारे भारतीय धारणा नेपाल सरकारलाई जानकारी गराईसेको भारतीय दूतावासको भनाई

   २ माघ २०७८, आईतवार ०७:१३  

काठमाडौं, २ माघ । नेपालको भारत संग जोडिएको सीमा क्षेत्रलाई लिएर पछिल्लो केही दिन देखि उठिरहेको कुरालाई मध्यनजर राख्दै भारतले नेपाल संगको सीमा विवादवारे आफनो धारण नेपाल सरकारलाई जानकारी गराईसकेको भारतीय राजदुतावासले जनाएको छ ।
काठमाडौं स्थित भारतीय दुतावासको प्रवक्ताद्धारा शनिवार जारी गरिएको वक्तव्यमा नेपाल भारत सिमा वारे रहेको विवादलाई समाधान गर्न संवादका लागि अन्तर सरकारी संयन्त्र उपयुक्त माध्यम भएको बताएको हो ।
केही समय अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताएपछि उक्त कुराको नेपालमा आलोचना भईरहेको छ । सत्तारुढ तथा प्रतिपक्षी दलहरुले भारतसँग कूटनीतिक संवाद गर्न र सडक विस्तार तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराइरहेको छ तर सरकारले भने यसबारे औपचारिक रुपमा बोलेको छैन ।
वक्तव्यमा अगाडी भनिएको छ, नेपाल भारत सीमाबारे भारत सरकारको धारणा सर्वविदित, स्थिर र प्रष्ट भएको बताए । त्यो धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको भन्दै “हाम्रो विचारमा स्थापित अन्तर सरकारी संयन्त्र र च्यानलहरु नै संवादका लागि उपयुक्त माध्यम हुन् ।”
घनिष्ट र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको भावनाका आधारमा सीमा सम्बन्धी विषय सम्बोधन गर्न सकिने समेत भारतीय दूतावासले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै