रौतहट, २२ भदौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभर राष्ट्रिय शोक मनाइ रहेको छ ।
बाढीमा ज्यान गुमाएका नागरिकहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले आज नेपालभरी राष्ट्रिय झण्डा झुकाउदै शोक मनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरू प्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।
सरकारको निर्णय अनुसार आज नेपाल भरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ । साथै, विदेश स्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाएर बाढीमा ज्यान गुमाएकाहरू प्रति सम्मान तथा श्रद्धाञ्जली अर्पण गरिदैछ ।
राष्ट्रिय शोकका क्रममा मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना व्यक्त गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन