भोटेकोशी बाढीपहिरोको भयावह तथ्यांकः १,३५५ शव फेला, ४,९१६ अझै बेपत्ता

0 Shares

रौतहट, २२ भदौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोले निम्त्याएको मानवीय क्षतिको भयावह तस्वीर सार्वजनिक भएको छ ।
बाढी पहिरोमा परी ज्यान गुमाउने मध्ये हालसम्म १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ भने ४ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन रहेका हुन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सोमबार बिहान ११ बजेसम्म फेला परेका शव मध्ये सबैभन्दा बढी चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७ र रसुवामा १६९ जनाको शव फेला परेको छ ।
यसैगरी, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको प्राधिकरणले जनाए । फेला परेका शव मध्ये कतिपयमा पूर्ण शव नभई मानव शरीरका विभिन्न अंग समेत समावेश छन्, जसका कारण पहिचानको प्रक्रिया थप जटिल बनेको छ ।
फेला परेका शवमध्ये हालसम्म ९८ जनाको सनाखत गरी परिवारलाई बुझाइ सकिएको प्राधिकरणले जनाए । बाँकी शवको पहिचान तथा सनाखतका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइ रहेका छन् ।
बाढीपहिरो पछि अझै ४ हजार ९ सय १६ जना नागरिक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार रसुवाबाट मात्रै १ हजार ९ सय ६७ जना र नुवाकोटबाट २ हजार ३ सय ४० जना नेपाली नागरिक सम्पर्कविहीन भएको छ ।
यसका अतिरिक्त करिब १ सय सुरक्षाकर्मी तथा कर्मचारी र ५ सय ९ जना विदेशी नागरिक समेत अझै बेपत्ता रहेको प्राधिकरणले जनाए । बेपत्ताको संख्या ठूलो रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ । खोज तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, शव संकलन तथा पहिचानको कामलाई निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।