वीरेन्द्रनगरमा एकै परिवारको चार जना मृत भेटिए

सुर्खेत, २ माघ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एकै परिवारको चार जना ृत अवस्थामा भेटिएको छ ।
कर्णाली प्रदेशको प्रादेशिक राजधानी समेत रहेको वीरन्द्रनगर नगरपालिका वडा नम्वर १० बुदबदेमा बस्दै गरेको एक परिवारको चार जना सदस्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको डिएसपी रामप्रसाद घर्तीले जानकारी दिएको हो ।
वीरेन्द्रनगरमा डेरा लिई बस्दै आएका जाजरकोट जिल्लाको शिवालय गाउँपालिका वडा नम्वर ४ की ३५ बर्षिय कल्पा बुढा उनको ९ बर्षीय छोरा निरज बुढा, ८ बर्षिय छोरा चिरञ्जिवी बुढा र महिलाको दाई मानबहादुर बुढाको ५ बर्षिय छोरो सोमराज बुढा मृत अवस्थामा कोठा भित्र फोला परेका छन् ।
मृतक कल्पाका श्रीमान कृष्ण बुढा जाजरकोटमा मेडिकल चलाउँदै आएका छन् । वीरेन्द्रनगरमा ७७ वर्षीय ससुरा वीरबहादुर बुढासँगै कल्पा, दुई छोरा र भदैलाई लिएर बस्दै आएको र शुक्रबार बेलुका चारैजना खाना खाएर एउटै कोठामा सुतेका थिए । ससुरा बिहानै पूजाआजाका लागि मन्दिर गएर अरान्ह ४ बजे तिर फर्किदा कोही पनि उठेको नदेखेपछि शनिबार बेलुका ६ बजे प्रहरीलाई खबर गरेका थिए ।
उनीहरू कोठामा भित्रबाट चुक्कुल लगाएर खाटमा सुतेको अवस्थामा मृत भेटिएको डीएसपी घर्तीले बताए । चिसोमा कोइला बालेर सुतेका कारण निसासिएर मृत्यु भएको हुनसक्ने अशंका प्रहरीले गरेको छ । घटनाको प्रहरीले गहन अनुसन्धान गरिरहेको जनाइएको छ ।