एआईको सहयोगमा तयार पारिएका साँकेतिक तस्वीर।
रौतहट, २३ भदौं । रौतहटको सीमावर्ती क्षेत्र परोहा नगरपालिका–९ रामपुर खाप स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) नजिकै माछा पालन गर्ने फर्ममा कार्यरत एक कामदारमाथि धारिलो चाकुबाट प्रहार भएको छ ।
घटनापछि पीडित पक्षले दोषी माथि कानुनी कारबाहीको माग गरे पनि प्रहरीले मेलमिलापका लागि दबाब दिएको आरोप पीडितले लगाएको हो ।
गएको आइतबार राति करिब ९ः३० बजे रामपुर खापस्थित माछा पालन गर्ने फर्ममा कार्यरत दिपेश पासवानमाथि २÷३ जना स्थानीय युवकले छुरा प्रहार गरेको प्रत्यक्षदर्शीहरु बताए । छुरा प्रहारबाट घाइते पासवानको स्थानीय अस्पतालमा उपचार गरिएको र उपचार पछि उनी घर फर्किएको बताइएको छ ।
घटना भएको स्थान सशस्त्र प्रहरी बलको बीओपी रामपुर खापबाट करिब १५० मिटर मात्रै टाढा रहेको स्थानीयको भनाइ छ । सुरक्षा निकायको उपस्थितिकै नजिक हिंसात्मक घटना भए पनि घटनाबारे आफूहरूलाई जानकारी नभएको सशस्त्र प्रहरीले जनाएको पीडित पक्षको दाबी छ ।
हालै केही समय अघि सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण को सिर्सिया चोकमा एक चालकलाई निर्घात कुटपिट गरिरहदा त्यहाँ उपस्थित रहेका सशस्त्र प्रहरीले यो हाम्रो काम होइन, यो नेपाल प्रहरीको काम हो भनेर त्यहाँबाट अन्यत्र सर्यो अन्ततः ति युवक निर्घात कुटपिटबाट गम्भीर अवस्थामा पुग्यो ।
के सशस्त्र प्रहरीको काम सीमापारबाट आउने सामानहरुको चेकजाँच मात्रै गर्ने हो, सीमामा बसेपनि निरन्तर रुपमा तस्करी गराउने हो ? लगायतका विषय अहिले गम्भीर बनेको छ । आम मानिसहरुको जीउधन खतरामा परेको अवस्थामा त्यहाँ सशस्त्र प्रहरी छ भने तिनले जनताको सुरक्षा गर्दैनन् लगायतको प्रश्न उठ्नु स्वभाविकै हो ।
घटनापछि पीडित पक्षले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै प्रहरी चौकी रामपुर खापमा लिखित निवेदन दिएको बताइएको छ । तर, घटनाको कानुनी अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउनुको सट्टा प्रहरीले मेलमिलाप गर्न दबाब दिएको पीडित पक्षको आरोप छ ।
रामपुर खाप क्षेत्रमा केही युवाहरू लामो समयदेखि लागूऔषध सेवन तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको स्थानीयले आरोप लगाएका छन् । विगतमा समेत उनीहरूबाट आपराधिक गतिविधि हुने गरेको स्थानीयको दाबी छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन