रौतहट, २३ भदौं । रसुवा र नुवाकोटलाई केन्द्रबिन्दु बनाएर आएको विनाशकारी भोटेकोशी र त्रिशुलीको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ५७ पुगेको छ ।
बाढीपछि जारी खोज, उद्धार तथा राहत अभियानका क्रममा प्रभावित विभिन्न जिल्लाबाट यति ठूलो संख्यामा शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो ।
प्राधिकरणले आज दिउसो १ बजे सार्वजनिक विवरणमा बाढीमा परी बेपत्ता भएका मध्ये सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा मात्रै ३ सय ६३ जनाको शव फेला परेका हुन् ।
नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको प्राधिकरणले जनाए ।
तर, फेला परेका शवमध्ये हालसम्म १०२ जनाको मात्रै सनाखत भएको छ । सनाखत हुन बाँकी शवको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणित गर्ने कागजात सहित डीएनए परीक्षणका लागि नमुना दिन प्राधिकरणले आफन्तलाई अनुरोध गरे ।
बाढीपछि ५ हजार ३ सय २६ जना अझै सम्पर्कविहीन रहेको तथ्यांकले देखाएको छ । सम्पर्कविहीन मध्ये रसुवाका मात्रै २ हजार ८ सय ६० जना रहेको हो ।
सम्पर्कविहीनको सूचीमा ५८७ जना विदेशी पर्यटक, ४५ जना नेपाली सेना, २५ जना नेपाल प्रहरी, १२ जना सशस्त्र प्रहरी बल तथा ७३ जना सरकारी कर्मचारी समेत रहेको प्राधिकरणले जनाए ।
सम्पर्कविहीनको सूचीमा उद्धार भइसकेका व्यक्ति वा पहिचान हुन बाँकी मृतक समेत समावेश हुनसक्ने भएकाले तथ्यांक रुजु गर्ने काम भइरहेको प्राधिकरणले स्पष्ट पारे ।
बाढीको क्षति यकिन गर्न, बेपत्ताको खोजी तीव्र बनाउन तथा पहिचान हुन नसकेका शवको सनाखत गर्न सुरक्षा निकाय र सम्बन्धित निकायले खोज तथा उद्धार अभियानलाई जारी राखेका छन् । पछिल्लो तथ्यांकले भोटेकोशी बाढीले पुर्याएको मानवीय क्षतिको भयावह अवस्थाको बखान गर्न साध्य छैनन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन