अफगानिस्तानमा उत्पन्न मानविय संकटको समयमा नेपालले मानविय सहायता बोकेर काबुल तर्फ उडान भरे

   २ माघ २०७८, आईतवार ०९:३२  

काठमाडौं, २ माघ । भनिन्छ आफतमा परेकालाई उद्धार गरेर सहयोग सामग्री दिई मानविय धर्म निर्वाह गर्नु पर्ने उखानलाई चरितार्थ गर्दै नेपालले अफगानिस्तानको लागि मानविय सहायता सामग्री बोकेर काबुल तर्फ प्रस्थान गरेको छ ।
परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु सहितको टोली हिमालयन एयरलाइन्सको जहाजबाट औषधि, लत्ताकपडा, भाँडाकुँडा सहितको सामग्री सहित काबुल तर्फ प्रस्थान गरेको हो ।
मानविय सामग्री लिएर काबुल तर्फ प्रस्थान गर्नु अघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने जानकारी दिए । संयुक्त राष्ट्रसंघको कार्यालयमा सामग्री हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किने पनि मन्त्री खड्काले बताए ।
मन्त्री खड्काका अनुसार संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको सूची अनुसार सहायता सामग्रीमा औषधि, लत्ता कपडा, भाँडाकुँडा समावेश रहेको छ । खाद्यान्न बाहेकका यी सामग्री करिब १४ टन रहेको जानकारी मन्त्री खड्काले दिए ।
नेपालको इतिहासमा पहिलोपटक हवाईजहाज मार्फत मानवीय सहायता सामग्री अन्य राष्ट्रलाई सहयोग स्वरुप पठाउन लागेको जानकारी दिंदै मन्त्री खड्काले भने, “हामी ठल ठूला प्राकृतिक विपदामा परेको अवस्थामा विभिन्न राष्ट्र तथा निकायबाट सहयोग त लिन्छौं, तर त्यस कार्यबाट नेपाल सधै सहयोग लिने देश मात्रै होइन, आवश्यक पर्दा अन्य राष्ट्रलाई सहयोग गर्न बाट पछि पर्दैन भन्ने सन्देश दिएका छौं ।”
अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि हाल विद्रोही संगठन तालिबानले त्यहाँ शासन सञ्चालन गरिरहेको छ । अफगानिस्तानमा तालिबानले शासन सञ्चालन गर्न थालेपछि ठूलो मानवीय संकट उत्पन्न भएको समाचारहरु सार्वजनिक भईरहदा नेपालले मानविय सहयोग गर्ने कदम उठाएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै