अशोक यादव
रौतहट, २३ भदौं । विद्युत प्राधिकरण वितरण केन्द्र मौलापुरका कार्यालय प्रमुख उमेश दासमाथि कर्मचारी देखि लिएर सेवाग्राही सम्म विभेदपूर्ण व्यवहार गरिएको गम्भीर आरोप लागेका छन् ।
कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको करिब एक वर्षदेखि नै दासले विभिन्न फाँटमा कार्यरत कर्मचारी प्रति नकारात्मक व्यवहार देखाउँदै आएको कर्मचारीहरुले गुनासो गरेका हुन् ।
कार्यालय सञ्चालनमा मनोमानी ढंगले निर्णय गर्ने तथा कर्मचारीका जायज गुनासोलाई बेवास्ता गर्ने गरेको उनीहरूको गम्भीर आरोप छ । कार्यालय प्रमुखद्वारा गरिने व्यवहारबाट कर्मचारीहरु आजिज भईसकेको तथा कंयौ पटक विवाद समेत भइसकेका छन् ।
यस्तै कार्यालयबाट सर्वसाधारणलाई प्रदान गरिने विद्युत सेवा प्रवाहमा अनावश्यक झण्झटिलो कार्य गर्दै आएको आरोप छ । नयाँ मिटर जडान, मिटर स्थानान्तरण तथा विद्युत महसुल सम्बन्धी काम लगायतका सेवामा आधिकारिक शुल्कभन्दा बढि रकम मागिने गरेको सेवाग्राहीको आरोप लगाए ।
कार्यालयको सरकारी सवारी साधन व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको आरोप समेत कर्मचारीहरूले लगाए । कार्यालयको बैठक तथा कार्यक्रमका नाममा विभिन्न स्थानमा सरकारी स्रोतसाधन प्रयोग हुने गरेको भन्दै त्यसको वास्तविकता सम्बन्धित निकायबाट छानबिन हुनुपर्ने उनीहरूको माग छ ।
कर्मचारी तथा स्थानीयवासीले विद्युत कार्यालयमा हुने आर्थिक कारोबार पारदर्शी बनाउन नियमित अनुगमन, लेखापरीक्षण तथा आवश्यक छानबिन गर्न माग गरे । यस विषयमा कार्यालय प्रमुख दास संग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन