मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किए सँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेको छ ।
अमेरिकाले इरानी कच्चा तेल बोकेका पाँच ट्यांकरमा हमला गरेपछि विश्व बजारमा आपूर्ति अवरुद्ध हुने चिन्ता बढेको हो ।
अमेरिकी सेन्ट्रल कमान्ड (सीइएनटीसीओएम) का अनुसार इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) ले दुई दिनमा दुईपटक अमेरिकी युद्धपोतलाई ब्यालिस्टिक क्षेप्यास्त्रबाट निशाना बनाएपछि त्यसको जवाफ स्वरूप पाँच इरानी तेल ट्यांकर नष्ट गरिएको छ ।
अमेरिकी सेनाले हमला गर्नुअघि ट्यांकरका चालक दललाई जहाज छाड्न चेतावनी दिएको जनाए । अमेरिकी हमला पछि अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य सोमबारको तुलनामा २.४ प्रतिशतले बढेर प्रति ब्यारेल ९९.३४ अमेरिकी डलर पुगेको थियो ।
मंगलबार बिहान कारोबारमा थप १.५ प्रतिशत बढ्दै मूल्य ९९.४४ डलर सम्म पुगेको बताइएको छ ।
अमेरिका–ईरान तनाव सँगै यमनमा सक्रिय हुथी विद्रोहीले साउदी अरबको ऊर्जा पूर्वाधारलाई समेत निशाना बनाएपछि मध्यपूर्वको तेल आपूर्ति थप जोखिममा परेको छ । होर्मुज जलडमरू मध्यबाट हुने जहाज आवागमनमा समेत खतरा बढेपछि विश्व बजारमा आपूर्ति संकट गहिरिने आशंका गरिएको छ ।

भारतको आयात बिलमा बढ्ने दबाब
कच्चा तेलको मूल्य बढ्दा भारत माथि पनि ठूलो आर्थिक दबाब पर्ने देखिएको छ । भारतले आफ्नो कुल तेल आवश्यकताको करिब ९० प्रतिशत आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय मूल्य बढ्दा समान परिमाणको तेल खरिद गर्न थप अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ ।
विश्वकै प्रमुख तेल आयातकर्ता मध्ये रहेको भारतमा कच्चा तेलको मूल्य वृद्धिले व्यापार घाटा बढाउनुका साथै भारतीय रुपैयाँ माथि समेत दबाब पार्न सक्ने विश्लेषकहरूको अनुमान छ । महँगो तेलको प्रभाव पेट्रोलियम पदार्थ, यातायात र ऊर्जा लागत हुँदै समग्र घरेलु महँगीमा समेत पर्न सक्छ ।
तेल कम्पनी माथि पनि मार्जिनको दबाब
कच्चा तेलको मूल्य बढ्दा क्ष्लमष्बल इष् िऋयचउयचबतष्यल, द्यजबचबत एभतचयभिगm र ज्ष्लमगकतबल एभतचयभिगm जस्ता भारतीय तेल कम्पनीको मार्जिनमा समेत दबाब बढ्ने देखिएको छ ।
तेलको मूल्य बढे पनि त्यसको सम्पूर्ण भार उपभोक्ता माथि तत्काल सार्न नसक्दा कम्पनीहरूले थप घाटा बेहोर्नुपर्ने जोखिम रहेको बताइएको छ ।
अमेरिका र इरानबीच प्रत्यक्ष आक्रमणको शृंखला
अमेरिकी सेनाले पछिल्ला चार दिनमा आठ इरानी तेल ट्यांकरमा हमला गरेको जनाए । यसअघि शनिबार पनि अमेरिकाले तीन इरानी कच्चा तेल ट्यांकरलाई निशाना बनाएको थियो ।
इरानी रिभोलुसनरी गार्डले अमेरिकी हमलाको जवाफमा दुई अमेरिकी जहाज र आठ तेल ट्यांकरलाई निशाना बनाएको दाबी गरेको छ । उसले होर्मुज जलडमरू मध्य पार गर्ने प्रयास गरेका केही जहाजमाथि समेत कारबाही गरेको जनाए ।
इरानले जर्डन स्थित अमेरिकी अल–अजराक एयर बेसमा समेत ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरे । यसले अमेरिका–इरान तनाव अब ऊर्जा पूर्वाधार र समुद्री मार्ग हुँदै थप फराकिलो क्षेत्रमा फैलिन सक्ने चिन्ता बढाएको छ ।
तेलको मूल्य १०० डलर नाघ्ने चेतावनी
मध्यपूर्वमा जारी तनाव र तेल तथा ग्यास आपूर्तिमा देखिएको अवरोध लामो समय कायम रहन सक्ने संकेत सँगै विश्लेषकहरूले यस वर्षको बाँकी अवधि र सन् २०२७ का लागि कच्चा तेलको मूल्य अनुमान बढाउन थालेका छन् ।
युरेसिया ग्रुपले चीनको तेल मागमा सुधार र मध्यपूर्वको गतिरोध कायमै रहे कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर भन्दा माथि पुग्न सक्ने चेतावनी दिए ।
होर्मुज जलडमरू मध्यमा जहाज आवागमनको जोखिम, साउदी अरबका ऊर्जा पूर्वाधार माथि हुथी आक्रमण तथा अमेरिका–ईरानबीच बढ्दो सैन्य टकरावका कारण आगामी दिनमा विश्व ऊर्जा बजार थप अस्थिर बन्न सक्ने देखिएको छ । श्रोतः बीबीसी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन