चन्दन कुमार
रौतहट, २४ भदौ । रौतहटको परोहा नगरपालिका–६, बसन्तपट्टिको ठूलो टोलमा भदौ महिनाको तेरसको पावन अवसरमा हर्षौल्लासका साथ बोलबम मेला संचालन भएको छ ।
हरेक वर्ष आयोजना हुँदै आएको बोलबम मेला यस वर्ष पनि धुमधामका साथ आयोजना गरेर मनाइदै गरेको हो ।
हिन्दु धर्मको पहिचान र सांस्कृतिक परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा करिब २ सय जना बोलबम (बम) सहभागी भएको बताइएको छ । मेलाको व्यवस्थापन स्थानीय नवयुवाहरूले गरेको हो ।
मेलामा विभिन्न स्थानबाट आएका व्यापारीहरूले थापेका पसल तथा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमले मेलाको आकर्षणलाई बढाएको छ । मेलामा श्रद्धालु तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाए ।
मेलामा सहभागी बोलबमहरू हिजै जल बोझीका लागि प्रस्थान गरेका थिए । उनीहरूले आज जल बोझी गरी बाबा भोलेनाथमा जल अर्पण गरेका छन् । यस्तै, भोलि भैरव बाबालाई जल अर्पण गरेपछि आ–आफ्नो घर फर्किने मेला समितिले जनाए ।
स्थानीय युवाहरूको सक्रियतामा आयोजना हुँदै आएको यस मेलाले धार्मिक आस्था, सामाजिक एकता र स्थानीय संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै समाजमा एकताबद्ध भएर बस्ने सन्देश समेत प्रवाह गरेका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन