रसुवा बाढीपीडितका लागि आएको राहत बैरगनियामै रोकियो, भन्सार छुट नहुँदा दुई पिकअप सीमामै थन्कियो

0 Shares

रौतहट, २५ भदौ । रसुवामा आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित नागरिकका लागि राहत सामग्री बोकेर भारतको पश्चिम बंगाल, कोलकाताबाट नेपाल आउँदै गरेका दुई वटा पिकअप गाडी नेपाल–भारत सीमाको बैरगनियामा रोकिएका छन् ।
मानवीय सहयोगको उद्देश्यले नेपालतर्फ ल्याइदै गरेका खाद्यान्न, खानेपानी, कपडा तथा अत्यावश्यक सामग्री भन्सार सम्बन्धी प्रक्रिया पूरा हुन नसक्दा भारत तर्फकै बैरगनिया कस्टम कार्यालयमा थन्किएका हुन् ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि राहत पुर्याउने उद्देश्यले ती सामग्री ल्याइएको बताइएको छ ।
तर, स्थलमार्गबाट डब्लु बी ५ ए २४८९ र डब्लु बी १ ९ एल ९०९१ नम्वरको दुई वटा पिकअपमा सामानहरु राखेर नेपाल प्रवेश गर्ने राहत सामग्रीमा नेपाल सरकारले भन्सार शुल्क छुटको व्यवस्था नगरेका कारण सामग्री सीमा क्षेत्रमा रोकिन बाध्य भएको कोलकत्ताका नागरिक हरिश्चन्द्र साहुले बताए ।
बैरगनिया कस्टम कार्यालय छेउमा हिजोदेखि रोकिएका सामग्रीमध्ये खाद्यान्न नेपाल भित्र्याउन खाद्य क्वारेन्टाइन परीक्षण गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, कपडा लगायत अन्य सामग्री भन्सार प्रक्रिया पूरा गरी शुल्क तिरेपछि मात्रै नेपाल प्रवेश गर्न सक्ने प्रावधान रहेको बताइएको छ । यही प्रक्रियाका कारण गौर भन्सार कार्यालयबाट तत्काल नेपाल भित्र्याउने अनुमति नपाएपछि राहत सामग्री बैरगनियामै रोकिएको उनले गुनासो गरे ।
गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले विपत्तिमा परेका नेपाली नागरिकका लागि मानवीय सहयोग स्वरूप ल्याइएको राहत सामग्रीमा भन्सार शुल्क लगाउनु व्यवहारिक र मानवीय दृष्टिले उचित नहुने बताए ।
उनले वास्तविक रूपमा राहतका लागि ल्याइएको सामग्री पहिचान गरी त्यस्ता सामग्रीलाई भन्सार शुल्कबाट छुट दिने व्यवस्था राज्यले तत्काल गर्नुपर्ने जिकिर गरे ।
“नेपाली नागरिकका लागि राहत लिएर आएको अवस्थामा भन्सार शुल्क तिर्नुपर्ने व्यवस्था व्यवहारिक देखिँदैन,” नगरप्रमुख साहले भने, “वास्तविक राहत सामग्री हो भन्ने पहिचान गरेर राज्यले भन्सार छुटको व्यवस्था गर्नुपर्छ ।”
राहतमा के–के सामग्री छन् ?
रोकिएका दुई वटा पिकअपमा बाडीपीडितका लागि आवश्यक विभिन्न खाद्यान्न तथा अत्यावश्यक सामग्री रहेको बताइएको छ ।
चामल – ३० बोरा (प्रति बोरा २५ किलो)
बिस्कुट – ५० पेटी
पानी – ४० पेटी
लस्सी – २ पेटी
भुजा (मुढी) – २० बोरा
आलु – २ बोरा
नुन – २ बोरा
केक – ४ बक्स
आटा – २० किलो
चना – १ बोरा
चुरा – २ बोरा
टर्चलाइट – १०० थान
त्रिपाल – ८ थान
कपडा – ४ बक्स

विपत्तिमा परेका नागरिकका लागि संकलन गरेर ल्याइएको राहत सामग्री सीमामै रोकिएपछि सम्बन्धित पक्षले मानवीय संवेदनशीलतालाई ध्यान दिँदै तत्काल निकासको व्यवस्था गर्न सरकार सँग आग्रह गरेका छन् ।
राहत सामग्री बोकेका सवारीसाधन सीमामै रोकिँदा एकातर्फ प्रभावित नागरिक सम्म राहत पुग्न ढिलाइ भएको छ भने अर्कोतर्फ सहयोगका लागि आएका सामग्री लामो समय सम्म सीमामा थन्किनुपर्ने अवस्था सिर्जना भएको छ ।
त्यसैले वास्तविक राहत सामग्रीको पहिचान गरी आवश्यक कानुनी प्रक्रिया सहज बनाउँदै तत्काल नेपाल प्रवेशको वातावरण बनाउने तर्फ सम्बध निकायको ध्यान जानुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।