zoom desktop download for windows zoom academy for superheroes download download zoom wallpaper zoom login online join meeting template free zoom download windows why isn't my zoom audio working on my laptop

प्रचण्ड र माधव नेपालले काँग्रेसको पाउमा सत्ता चढाएर चोक्टा खान गएको आरोप लगाए ः एमालेको उपमहासचिव प्रदीप ज्ञवाली

   २ माघ २०७८, आईतवार १३:४८  

मौलापुर, २ माघ । नेकपा एमालेका उप महासचिव प्रदीप ज्ञवालीले कम्युनिष्ट पार्टीको सरकारलाई ढालेर माओवादी अध्यक्ष प्रचण्ड र पार्टीबाट घात गरी बाहिरिएका माधवकुमार नेपाल सहितका नेताहरुले काँग्रेसको पाउमा सत्ता चढाएर चोक्टा खान गएको आरोप लगाउनु भएको छ ।
सर्वहारा वर्गको उत्थान एवं कम्युनिष्टको नाँममा जनताको मत लिएर सत्ता स्वार्थको लागि नेकपाको सरकार विरुद्ध अन्तरघात गरेर सरकार ढाली काँग्रेसको पाउँमा सत्ता सुम्पिएर चोक्टा खान गएको गम्भीर आरोप उनले लगाए ।
रौतहटको मौलापुर नगरपालिका अन्तर्गत मर्यादपुर स्थित आइतबार आयोजित मर्यादपुर एकीकृत दलित बस्ती उदघाटन समारोहलाई सम्बोधन गर्दै पुर्व परराष्ट मन्त्री समेत रहेका ज्ञवालिले दुईतिहाईको स्थिर सरकार हेर्न नचाहेका केहि नेता र सर्बोचको मिलोमतोमा जनादेश बिपरित ओलि सरकार ढालेको जिकिर गरे ।
स्थानीयतहमा एमालेका बढी जनप्रतिनिधि रहेकाले केहि मानिसलाई जलन भएको र स्थानीय निर्वाचन समयमा गराउन आनाकानी गरिरहेको उनले बताए । आउँदा जेठमा चुनाव न गराएर गठबन्धन सरकारले २०५९ सालको जस्तो कर्मचारी तन्त्र अघि सारेर साधनस्रोतको चरम दुरुपयोग गर्ने षड्यन्त्रमा लागेको नेता ज्ञावलिले प्रष्ट पारे ।
अगामी एकसाता भित्र सरकारले स्थानीय निर्वाचनको तिथि न तोकेमा आन्दोलनको लागि तयार रह्न उहाँले कार्यकर्ताहरु लाई निर्देशन दिएका थिए । केपि ओलि सरकारले साढेतिन बर्षभित्र स्वास्थ बिमा, प्रत्येक पालिकामा ५ देखि १५ बेडको ब्यवस्था, फुसको छानो हटाई जस्तापाता, बारामा चक्रबातको समय ८६९ घर निर्माण, एकल महिला बृद्वभतामा वृद्धि, कालापानी लिपुलेक समेटेर नयानक्सा निर्माण, सिके राउत बिप्लबलाई शन्तिबार्तामा ल्याएको स्पष्ट पारेका थिए ।
कार्यक्रमका एमाले स्थायी समिति सदस्य प्रभु साहले मौलापुर नगरपालिकाले बाटो निर्माण, दलित बस्ती निर्माण, स्वास्थ सुबिधा, शिक्षक भर्ना, बहुप्राबिधिक शिक्षालय, २ वटा ५ वटा माबिको प्रक्रियामा रहेको महादेव मंदिरलाई विश्व सम्पदा सुचिमा राखेको लगायत आधुनिक सहर निर्माणमा जोड दिएकाले देशका अन्य स्थानीय तहले पनि मौलापुरको सिको गर्नुपर्ने बताएका थिए ।
सोही अवसरमा कक्षा १० र पल्स टु का ७० जना विद्यार्थीलाई ल्यापटप, ३ वटा बिद्यालय लाई ८० सेट क्रिकेट खेल सामग्री प्रदान गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै