राजविराज, २६ भदौं । सप्तरी जिल्लाको राजविराजमा एक दलित परिवार संग पर्याप्त पैसा नहुँदा अस्पताल बाहिर बच्चा जन्माउन बाध्य भएको घटना सार्वजनिक भएपछि हिजो देखि सामाजिक संजाल तातिएका छन् ।
निःशुल्क मातृ तथा नवजात स्वास्थ्य सेवा र यातायात खर्चको संवैधानिक एवं सरकारी व्यवस्था हुँदाहुँदै पनि राजविराजमा एक गर्भवती महिलाले अस्पतालको गेटबाहिर सडकको फुटपाथमै बच्चा जन्माउनु परेको घटनाले हिजो देखि सामाजिक संजाल तातिएका हुन् ।
राजविराज नगरपालिका–१४ पर्साहीकी २९ वर्षीया बबिता कुमारी पासवान बुधवार राति प्रसव पीडा भएपछि श्रीमान् हरेराम पासवान सहित उनी गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुगेकी थिइन् । अस्पतालले प्याथोलोजी परीक्षण र अल्ट्रासाउण्ड गर्न भनेपछि आवश्यक रकम तत्काल जुटाउन नसक्दा आफूहरू अस्पतालबाट बाहिरिनु परेको हरेरामको गुनासो छ ।
अस्पतालबाट बाहिरिएपछि अत्यधिक प्रसव पीडाबाट छटपटिरहेकी बबिताले विहिवार विहान करिब ४ः३० बजे अस्पतालको मूल गेटनजिकै सडकको फुटपाथमा बच्चा जन्माएकी थिइन् ।
घटना सार्वजनिक भएपछि अस्पतालले आमा र नवजात शिशुलाई भर्ना गरी उपचार सुरु गरेको जनाए । अस्पताल प्रशासनले घटनाबारे आन्तरिक छानबिन गर्ने र दोषी कर्मचारी भेटिए कानुन अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।
‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत गर्भावस्था देखि बच्चा जन्मेको २८ दिन सम्म आमा र नवजात शिशुलाई निःशुल्क उपचार तथा यातायात खर्च उपलब्ध गराउने व्यवस्था छ । त्यसैले सरकारी अस्पतालमै रकम अभावका कारण महिलाले अस्पताल बाहिर बच्चा जन्माउनु पर्ने अवस्था सिर्जना भएको घटनाले स्वास्थ्य सेवा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ ।
उक्त घटनाको प्रतिनिधि सभामा समेत चर्को विरोध भएको छ भने दोषी कर्मचारीमाथि कारबाही गर्न माग गरिएको छ । हिजो देखि सामाजिक संजाल निकै तातिएर घटनामा राज्य पनि त्यतीकै दोषि रहेको तथा अस्पताल प्रशासन सहित जिम्मेवार पदाधिकारीहरु विरुद्ध कारवाही गरिने माग उठेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन