एआई प्रविधिको सहयोगमा तयार पारिएका साँकेतिक तस्वीर ।
बारा, २६ भदौं । जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका १० जना आरोपितलाई बारा जिल्ला अदालतले रिहा गर्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले मुख्य प्रतिवादी प्रोग्रेश भनिने पुरग्रेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा तथा अन्य नौ जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो । अदालतले तत्कालका लागि पर्याप्त र ठोस प्रमाण नपुगेको ठहर गर्दै रिहा गर्ने आदेश दिएको बुझिएको छ ।
रिहा हुनेमा पुरग्रेशका बुवा, आमा, पत्नी, दिदी सहित अन्य आफन्त तथा परिचित गरी नौ जना छन् । उनीहरूमाथि बालिकाका बुवाको किटानी जाहेरीका आधारमा अपहरण, जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान गरिएको थियो ।
यसअघि घटनामा संलग्न भनिएका दुई नाबालकलाई भने मुद्दाको अन्तिम टुंगो नलागे सम्म वीरगञ्ज स्थित बाल सुधार गृहमा पठाउने आदेश भएको थियो । प्रहरीका अनुसार ती मध्ये एक नाबालकले बालिकालाई चकलेट दिएर बलात्कार पछि हत्या गरेको स्वीकार गरेका थिए ।
गत साउन ३१ गतेदेखि बेपत्ता बालिकाको शव भदौ २ गते घरनजिकैको खाली घरमा फेला परेको थियो । घटनापछि दोषीलाई फाँसीको सजाय सहितका कठोर कारबाहीको माग गर्दै विभिन्न स्थानमा प्रदर्शन समेत भएका थिए ।
अदालतको पछिल्लो आदेशसँगै घटनाको अनुसन्धान र अभियोजनको आधार तथा आगामी कानुनी प्रक्रिया माथि गम्भीर शंका उपशंका खडा भएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन