0
Shares
रौतहट, २६ भदौ । रसुवा र नुवाकोटका बाढीपहिरो पीडितको सहयोगका लागि रौतहटको फतुवा विजयपुर–५ सन्तपुरका मुस्लिम समुदायले १ लाख ३८ हजार १२० रुपैयाँ सहयोग संकलन गरेको छ ।
नेपाली मुस्लिम समाज रौतहट तथा सन्तपुर (दो) मुस्लिम समुदायको समन्वयमा मस्जिद ए अबुबकरबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समाजसेवी तथा शिक्षक आलम अन्सारीले जानकारी दिएको हो ।
विपदमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले समुदायका विभिन्न व्यक्तिबाट रकम संकलन गरिएको उनले बताए । जात, धर्म र समुदाय भन्दा माथि उठेर विपद्का पीडितलाई सहयोग गर्ने उद्देश्यले गरिएको यो पहललाई स्थानीयस्तरमा मानवीय सद्भाव र सामाजिक एकताको उदाहरणका रूपमा लिइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन