कुआलालम्पुर, २७ भदौं । मलेसियाको कुआलालम्पुर स्थित बायोमास क्रिकेट ओभलमा शनिबार सम्पन्न एसीसी पुरुष प्रिमियर कप २०२६ को सनसनीपूर्ण फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै नेपालले ऐतिहासिक उपाधि चुम्न सफल भएका छन् ।
उपाधिसँगै नेपालले आगामी एसिया कपमा आफ्नो स्थान समेत पक्का गरेका हुन् । यो जित सँगै नेपाली टोलीले लगातार दोस्रो पटक एसियाका शीर्ष क्रिकेट राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्न सफल भए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रनको विशाल योगफल खडा गरे । नेपालको बलियो स्कोर निर्माणमा ओपनर आसिफ शेखले उत्कृष्ट शतकीय पारी महत्वपूर्ण रहयो।
आसिफले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाए । उनलाई पहिलो विकेटका लागि अर्जुन कुमालले ४३ रन जोड्दै बलियो सुरुवात दिलाएका थिए ।
मध्यक्रममा कप्तान रोहित पौडेलले ४० रनको योगदान दिए भने गुल्शन झाले तल्लो क्रममा आक्रामक ब्याटिङ गर्दै ३८ बलमै ५२ रनको अर्धशतक पूरा गरे । नेपाली ब्याटरहरूको संयमित र आक्रामक प्रदर्शनका कारण टोलीले युएईसामु ३१४ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो ।
विशाल लक्ष्यको चुनौंतीलाई पछ्याउने क्रममा युएईलाई नेपाली बलरहरूले सुरुदेखि नै दबाबमा राखे । युएईका राहुल चोपडाले शतकीय पारी खेले पनि उनको उत्कृष्ट प्रदर्शन टोलीलाई जित दिलाउन पर्याप्त भएन ।
सोहेब खानले ५२ रन बनाएर जितको सम्भावना जीवित राख्ने प्रयास गरे पनि नेपाली बलिङ र फिल्डिङ सामु युएईको ब्याटिङ लामो समय टिक्न सकेन । नेपालका लागि करण केसीले महत्वपूर्ण ३ विकेट लिए भने ललित राजवंशीले २ विकेट चट्काउँदै युएईको रन गतिमा ब्रेक लगाए । अन्य नेपाली बलरहरूले पनि अनुशासित बलिङ गर्दै युएईलाई लक्ष्यसम्म पुग्न दिएनन् ।
बलियो ब्याटिङ, धारिलो बलिङ र उत्कृष्ट फिल्डिङको समन्वय पछि नेपालले फाइनल आफ्नो पक्षमा पार्दै एसीसी पुरुष प्रिमियर कप २०२६ को उपाधि आफ्नो नाममा लेखाउदै उपाधीलाई चुम्न सफल भए ।
नेपालको यो उपाधि घरेलु मैदान बाहिर प्राप्त महत्वपूर्ण अन्तर्राष्ट्रिय सफलता हो । साथै, एसिया कपमा लगातार दोस्रोपटक स्थान बनाउने उपलब्धिले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रालाई थप उचाइमा पुर्याएको छ ।
उपाधिसँगै नेपाली क्रिकेट समर्थकमा उत्साहको नयाँ तरंङ्ग पैदा भएको छ । अब नेपालले एसिया कपमा एसियाका बलिया क्रिकेट राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्नेछ, जहाँ आजको ऐतिहासिक सफलताले नेपाली टोलीको आत्मविश्वास थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन