zoom meeting login online free - zoom meeting login online free why is my laptop mic not working on zoom - why is my laptop mic not working on zoom join zoom meeting with id & password generator zoom download for it admins zoom meeting download gratis join zoom meeting with id and password - join zoom meeting with id and password install zoom for all users on pc

प्रशान्त महासागरमा ज्वालामुखी विस्फोट भएपछि जापान र अमेरिकामा उच्च सतर्कता

   २ माघ २०७८, आईतवार १४:४०  

एजेन्सी
रौतहट, २ माघ । प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखी विस्फोट पछि ठूलो सुनामी आउने चेतावनी जारी गरिएको हो ।
तटीय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानमा जान अमेरिका र जापानले आग्रह गरिसकेका छन् । पहिलो पटक गत शुक्रमवार र दोश्रो पटक स्थानीय समय अनुसार शनिवार ५ बजेर २६ मिनेटमा ज्वालामुखी विस्फोट भएको सीएनएनले जनाएको हो । पानी मुनि ज्वालामुखी विस्फोट भएको र सो विस्फोटको कारण उत्पन्न भएको उर्जाका कारण आएको छालले टोंगामा विद्युत, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ । संचार सम्पर्क विच्छेद भएकोमा क्षतिको विवरण प्राप्त हुन सकेको छैनन । त्यहाँको राजालाई सुरक्षित स्थानमा राखिएको बताइएको छ ।
जापानले तटिय क्षेत्रमा तिन मिटर अग्लो छाल आउन सक्ने अनुमान गर्दै आफना नागरिकलाई सतर्कत रहन सुचना जारी गरेको छ भने अमेरिकाले पनि ठूल ठूला छालहरु संगै बाढी आउने सम्भावना रहेको हुनाले सजग भएर रहन चेतावनी जारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै