रौतहट, २८ भदौ । भारतीय कुखुराको अवैध आयात रोक्न माग गर्दै रौतहटका कुखुरापालक किसानहरू आन्दोलनमा रहेका बेला स्वदेशमै उत्पादित बोइलर कुखुरा बोकेका तीन वटा पिकअप सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएपछि व्यवसायीहरु आक्रोशित बनेका छन् ।
रौतहटको परोहा नगरपालिका–९ स्थित अरमान एग्रो पोल्ट्री फार्ममा उत्पादित बोइलर कुखुरा बोकेर गइरहेका तीन वटा पिकअप सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय किसान तथा व्यवसायीहरु आक्रोशित बनेका हुन् ।
नियन्त्रणमा लिइएका पिकअपमा बागमती प्रदेश ०१–०२७ च ८४८३, ना ५ च १८९८ र प्रदेश २–०३–००१ च ०६७७ नम्बरका गाडीमा लोड गरेर बोइलर कुखुरा विभिन्न स्थानमा लैजाने अवस्थामा सशस्त्र प्रहरीले बिलविजक भएर उक्त कागजातको कुनै पर्वाह नगरी सिधैं गौर भन्सार कार्यालयमा बुझाएपछि घटनाले सशस्त्र प्रहरीको कार्यशैली माथि गम्भीर प्रश्न चिन्ह् खडा भएको छ ।
खुला सीमा र सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी नहुँदा भारतबाट अवैध रूपमा सेटिंगको आधारमा कुखुरा भित्रिने क्रम बढेको भन्दै जिल्ला कुखुरा व्यवसायिक किसान संघ विगत तीन सातादेखि आन्दोलनरत छ ।
किसानहरूले भारतीय कुखुराको अवैध आयात नियन्त्रण गर्न माग गर्दै आन्दोलन गरिरहेका बेला आवश्यक कागजात सहित ढुवानी भइरहेको स्वदेशी कुखुरालाई नियतबस नियन्त्रणमा लिएर नेपाली किसान व्यवसायीलाई मानसिक रुपमा तनाव दिएर नेपाली उत्पादनलाई धारासायी बनाउनमा सशस्त्र प्रहरी लागि परेको संघका अध्यक्ष उमाशंकर साहले गम्भीर आरोप लगाए ।
अध्यक्ष साहका अनुसार स्वदेशी कुखुरा उत्पादन तथा ढुवानीसँग सम्बन्धित फार्म दर्ता, अनलाइन इन्ट्री, चल्ला खरिदको बिल, दाना खरिदको वैद्य बिल र भेटेरिनरी प्रमाणपत्र लगायत आवश्यक कागजात हुँदाहुँदै पनि सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको टोलीले कुखुरा बोकेका गाडी नियन्त्रणमा लिएको छ ।
जिल्ला कुखुरा व्यवसायिक किसान संघका सचिव राधेश्याम साहले स्वदेशमै लगानी गरेर व्यवसाय सञ्चालन गरिरहेका किसानको उत्पादनलाई आवश्यक कागजात हुँदाहुँदै अवैध ठहर गरी नियन्त्रणमा लिनु कानुनी प्रक्रियामाथि नै प्रश्न उठाए ।
“वास्तविक तस्करी नियन्त्रण गर्नुको सट्टा स्वदेशी किसान तथा व्यवसायीलाई दुःख दिने काम भइरहेको छ,” साहले भने ।
लामो समयसम्म जीवित कुखुरा नियन्त्रणमा राख्दा मर्न सक्ने तथा नष्ट हुने जोखिम बढेको भन्दै किसानहरू थप चिन्तित बनेका छन् । कुखुरा मरे वा नष्ट भए त्यसबाट लाखौँ रुपैयाँको क्षति हुन सक्ने भन्दै त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत किसानहरूले उठाए ।
सशस्त्र प्रहरी बल नम्वर ११ गणका गणपति एवं एसपी चेतराज जोशी र सशस्त्र प्रहरी बल नेपाल गौर गुल्ममा डिएसपी दुर्गा प्रसाद भट आएदेखि नेपाली किसान, सर्वसाधारण लगायतका मानिसहरुलाई अनावश्यक दुख भोगिरहेको भएपनि तस्कर सहितका कारोवारीलाई रंगीन रात झै बनेका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन