एमालेको ९ अधिवेशनबाट त्रिभुवन साहको अध्यक्षतामा १३५ सदस्यीय जिल्ला समिति चयन

रौतहट, ३ माघ । नेकपा एमालेको सम्पन्न भएको ९ औं जिल्ला अधिवेशनबाट त्रिभुवन साहको अध्यक्षता १३५ सदस्यीय जिल्ला कार्य समितिको चयन भएको छ ।
रौतहटको कटहरियामा नगरपालिकामा सम्पन्न भएको ९ औ जिल्ला अधिवेशनमा त्रिभुवन साहलाई सर्वसहिमतीबाट जिल्ला अध्यक्षमा चयन गरिएको हो । अधिवेशनबाट सर्व सहमतीबाट चयन भएको कार्य समितिको उपाध्यक्षमा दिपक यादव, सचिवमा बालविक्रम कार्की (पत्रकार हुनुहुन्छ), उपसचिवद्धय पलट चौधरी र रुपेश पटेल सहित १३५ जिल्ला कार्य समितिको चयन गरिएको बताइएको छ ।
नवगठित पदाधिकारीहरुलाई आईतवार राति नै नेकपा एमालेको प्रदेश अध्यक्षले पद तथा गोपनियताको सपथग्रहण गराएको छ । नवगठित कार्य समितिलाई एमाले स्थायी समिति सदस्य प्रभु साहले बधाई तथा शुभकामना दिदै पार्टीको संगठन बलियो बनाई आउन लागेको स्थानीय तह सहितको निर्वाचनको लागि पूर्ण तयारीमा लाग्न समेत सुझाव दिए ।