९ बर्षिया बालिकालाई बलात्कार पछि हत्या गरेको आरोपमा आमा छोरा पक्राउ

   ३ माघ २०७८, सोमबार ०९:२६  

बारा, ३ माघ । बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा एक ९ बर्षिय बालिका संग बलात्कार पछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
आदर्श कोतवाल गाउँपालिका वडा नम्वर ८ को स्थानीय २० बर्षिय सन्तोष साह कानुर उनकी ४० बर्षिया आमा शान्तिदेवीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत पुस २५ मा बाख्रा चराउन गएको बेला स्थानिय सन्तोष शाह कानुले बलात्कार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपीले आफनो कुखुरा फर्ममा बोलाएर उक्त कुकर्म गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बाराको डिएसपी राजेश थापाले बताए ।
आफुसँगै बाख्रा चराउन गएकाहरुले खानेपानी ल्याउन आग्रह गरेपछि रुपमाला बिन्देश्वर शाह कानुले सञ्चालन गरेको कुखुरा फर्मतर्फ पानी लिन गएकी थिइन् । फर्ममा एक्लै बसिरहेका बिन्देश्वरका छोरा सन्तोषले पानी लिएर फर्किँदा गर्दा फर्म भित्र बलात्कार गरेर पछि बालिकाको घाँटी कसेर टाउकोमा फरुवाले हिर्काएर हत्या गरेका थिए ।
हत्यापछि सोही रात उनले नजिकैको खोलामा शव व्यवस्थापन गरेका थिए । आरोपी सन्तोषको आमाले कुखुरा फर्मको दशी, प्रमाण लुकाएको आरोपमा पक्राउ गरिएको डिएसपी थापाले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै