“मधेश प्रदेश” तथा स्थायी राजधानी जनकपुरधाम कायम

561 Shares

जनकपुरधाम, ३ माघ । लामो समय देखि जारी रहेको गतिरोधलाई चिर्दै अन्तत ः प्रदेश २ को नाम मधेश प्रदेश नामाकरण भएको छ ।
माघ ३ गते अर्थात सोमवार बसेको प्रदेश सभा बैठकको दुई तिहाई मतबाट प्रदेश २ लाई मधेश प्रदेश नामाकरण गर्ने प्रस्ताव पारित भएको हो । नामाकरण पारित गर्न विशेष संसदीय समितिको पहिलो प्रस्ताव “मधेश प्रदेश” को पक्षमा ८० मत परेका थिए । प्रदेश सभामा १०३ जना मध्ये उपस्थित ९९ जना सदस्य मध्ये १९ जना मधेश प्रदेशको विपक्षमा मतदात गरे पनि दुई तिहाईबाट मधेश प्रदेशको नाम राख्ने प्रस्ताव परित भएको तथा अन्य नाम निष्कृय भएको सभामुख सरोज राय यादवले बताए ।
मधेस प्रदेश नामाकरण गर्नमा सतारुढ दल जनता समाजवादी पार्टी (जसपा), र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा गरेको “मधेश प्रदेश” प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो ।
“मधेश प्रदेश” सँगै संसदीय समितिले प्रस्ताव गरेका नाम “मिथिला भोजपुरा प्रदेश”, “जानकी प्रदेश” र “मध्य मधेस प्रदेश” प्रस्ताव स्वतः निष्कृय भएको सभामुख यादवले घोषणा गरेपछि आज देखि विधिवत रुपमा “मधेश प्रदेश” नामाकरण भएका छन् ।


“मधेश प्रदेश” प्रदेशको राजधानी जनकपुरधाम


यसअघि सोमबार प्रदेशसभाबाट प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामलाई स्थायी राजधानी राख्ने प्रस्ताव राखिदा गोप्य मतदानद्धारा जनकपुरलाई नै स्थायी राजधानीको रुपमा पारित गरिएको छ ।
प्रदेश २ प्रदेश सभामा प्रदेशको राजधानी जनकपुर प्रस्ताव माथि भएको गोप्य मतदानका क्रममा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले प्रस्तावको पक्षमा मतदान गरेका छन् । कुल १०४ सदस्य रहेका प्रदेश सभाको आजको बैठकमा ९९ जना सदस्य सहभागी थिए । प्रदेशसभामा रहेका सबै दलले जनकपुरधामलाई नै राजधानी बनाउन सहमत थिए ।
तर पछिल्लो समयमा पर्सा जिल्ला आसपास सांसदहरूले आर्थिक नगरी वीरगञ्जलाइ राजधानी बनाउनु पर्ने अडानमा राख्दै विरोध गर्दै आएका थिए । मत बिभाजनपछि सभामुख यादवले प्रदेशको स्थायी राजधानी जनकपुरधाम भएको घाषणा गर्दै सोको सिमाना उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम राजमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) दुई तिहाइबाट पारित गरिएको तथा अन्य प्रस्तावहरु स्वत ः निष्क्रिय भएको बताए ।
बैठकमा वीरगञ्ज पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्मको सीमाना र वीरगञ्ज महानगरपालिका भरीलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार