एक आपसमा मोटरसाइकल ठोक्किदा दुईको मृत्यु

0 Shares

सर्लाही, ३१ भदौं । सर्लाहीको नवलपुर–मलंगवा सडकखण्डमा पर्ने कविलासी नगरपालिका–७, गैर सिर्सियामा मंगलबार साँझ मोटरसाइकल एक आपसमा ठोक्किदा दुई युवकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
हिजो साँझ पौने ६ बजेको समयमा कविलासीबाट गैरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३० एपी १२२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर उक्त दुखद घटना भएका हुन् ।
दुर्घटनामा परेर मधेश प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल चालक गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र बीआर ३० एपी १२२४ नम्बरको मोटरसाइकल चालक कविलासी नगरपालिका–८ का २६ वर्षीय पप्पु पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाए ।
एकआपसमा ठोक्किएपछि अचेत अवस्थामा रहेका दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । तर, अस्पताल पुर्याए लगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा बीआर ३० एपी १२२४ नम्बरको मोटरसाइकलमा पछाडि सवार कविलासी नगरपालिका–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका–६ का १८ वर्षीय बब्लु कुमार घाइते भएको प्रहरी श्रोतबाट बुझिएको छ ।
घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाए । उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर रेफर गरिएको छ ।
दुर्घटनामा दुवै मोटरसाइकल क्षतिग्रस्त भएका छन् । प्रारम्भिक अनुमान अनुसार अत्यधिक गतिका कारण दुर्घटना भएको हुनसक्ने तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।