zoom conferencing software download download zoom for free for windows 10 zoom download windows 8.1 zoom install for windows 10 latest version - zoom install for windows 10 latest version zoom win10 download which is the latest version of zoom for pc zoom meeting download windows 10 pc 64 bits - zoom meeting download windows 10 pc 64 bits zoom app download for pc free

विपन्न तथा गरिव परिवारलाई जस्तापाता सहितको सामग्री वितरण

   १९ मंसिर २०७७, शुक्रबार १६:२३  

रौतहट, १९ मंसिर । रौतहटको दुर्गा भगवती गाउँपालिकामा शुक्रवार ३२३ विपन्न तथा गरिव परिवारलाई जस्तापाता वितरण गरिएको छ ।
दात्री संस्था वेल्ट हंगर हेल्पको सहयोगमा आसमान नेपालको अयोजन तथा दुर्गा भगवती गाउँपालिकाको समन्वयमा आज ३२३ विपन्न एवं गरिव परिवारलाई एक समारोहका विच जस्तापाता सहितको सामग्री वितरण गरिएको हो ।


दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर १ गंगापिपराका ९० परिवार, वडा नम्वर २ भलोहियाका १३९ र वडा नम्वर ३ मत्सरीको ९४ गरी कुल ३२३ विपन्न तथा गरिव परिवारलाई घरको छाना मजबुती संग बनाउनका लागि जस्तापाता सहितको सामग्री वितरण गरिएका छन् ।
जस्तापाता वितरण गर्दै दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुणकुमार साहले यस पालिका भित्र रहेका विपन्न तथा गरिव परिवारहरु बर्षेणी असिनापानीको साथै हावाहुरी एवं बर्षाको समयमा घर चुहिने गर्दा बसोबास गर्न निकै कठिनाइ उत्पन्न भइरहदा आसमान नेपाल संग कोडिनेशन गरेर विपन्न तथा गरिव परिवारलाई जस्ता पाता सहितको विभिन्न सामग्री वितरण गर्दा आफूलाई निकै खुशी लागेको बताए ।
पहिलो चरणमा ३२३ परिवारलाई वितरण गरिदै छु, कार्यक्रम प्रभावकारी भएमा दोश्रो चरणमा जस्तापाता पाउने छुटेका परिवारलाई वितरण गरिने स्पष्ट पार्दै यही बर्ष पालिकामा बसोबास गर्ने गरिव, असहाय, लक्ष्ति परिवारलाई ग्यास चुल्हो सहितको सामग्रीहरु वितरण गरिने लक्ष्यका साथ अघि बढेका छौ. उनले भने ।


आसमान नेपालको सुचना अधिकृत सुनिल यादव र वेल्ट हंगर हेल्पका अनुगमन अधिकृत महेश सापकोटाले दुर्गा भगवती गाउँपालिका वागमती र झाझ नदीमा आउने बर्षेणी बाढीबाट प्रभावित भईहदा यहाँका जनताहरुलाई समुचित रुपमा बसोबास गर्न चाहिने आवश्यक सामग्रीहरु आउदो समयमा पनि वितरण गरिने स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै