रौतहट, १ असोज । कालिगढ तथा श्रमिक समुदायले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गरी विश्वकर्मा पर्व मनाउदै छन् ।
प्रत्येक वर्ष आश्विन संक्रान्ति अर्थात १ गते मनाइने यस पर्वमा कलकारखाना, उद्योग तथा विभिन्न कार्यस्थलमा प्रयोग हुने औजार, मेसिन र सवारी साधनको पूजा हर्षोल्लासका साथ हिन्दु धर्मावलम्बीहरुले मनाई रहेका हुन् ।
विश्वकर्मा पूजाका अवसरमा कलकारखाना तथा कार्यस्थललाई विशेष रूपमा सजाएर भगवान् विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना गरी पूजा गरिरहेको छ । माटो तथा अन्य सामग्रीबाट बनाइएका विश्वकर्माका मूर्ति पूजा सम्पन्न भएपछि शुद्ध स्थल वा नदीमा लगेर विसर्जन गर्ने चलन समेत छ ।
धार्मिक विश्वास अनुसार आजका दिन औजार तथा उपकरणको पूजा गरेमा ती लामो समय सम्म टिक्ने, कामका क्रममा नबिग्रने र राम्रोसँग काम गर्न सकिने विश्वास छ । यही आस्थाका कारण इञ्जिन तथा मेसिन जडित सवारी साधन र विभिन्न यन्त्र समेत विश्वकर्मा पूजामा सहभागी गराइन्छ ।
धार्मिक परम्परा अनुसार विश्वकर्मालाई वास्तुविद्या तथा निर्माण कलाका विशिष्ट ज्ञाताका रूपमा मानिन्छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसबाट जोगाउन विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेको धार्मिक रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन