वीरगञ्ज, १ असोज । सशस्त्र प्रहरी बल, नेपाल पर्साले वीरगञ्ज महानगरपालिका–१५ स्थित बास्तु बिहार चोकबाट कटुवा तथा सिक्सर पेस्तोल र गोली सहित एउटा बेवारिसे कारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट विशेष सूचनाका आधारमा नं. १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोलीले रोकि राखिएको युपी १६ एजे ३३०१ नम्बरको कार चेकजाँचको क्रममा कटुवा तथा सिक्सर पेस्तोल र सोमा लाग्ने गोली बरामद गरिएको हो ।
चेकजाँचका क्रममा कार भित्र बोरामा लुकाएर राखिएको अवस्थामा २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल र ७.६२ एमएमका ६ थान गोली बरामद गरिएको छ ।
कार बेवारिसे अवस्थामा रोकि राखिएको पाइएको थियो । बरामद हातहतियार, गोली तथा कारलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्वर १३ गण पर्साका सूचना अधिकारी एवं डिएसपी प्रकाश भट्टले अबैध हतियार सन्दर्भमा प्रहरीले आवश्यक अनुसन्धान भईरहेको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन