0
Shares
रौतहट, १ असोज । मधेश प्रदेश सभा सदस्य जैनब खातुनको बुधबार राति निधन भएको छ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको समानुपातिक तर्फ प्रदेश सभा सदस्य रहेकी खातुनको वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तिया गाउँमा स्थायी घर भएकी खातुनलाई बुधबार अचानक रगतमा चिनीको मात्रा बढेपछि उपचारका लागि वीरगञ्ज लगिएको थियो । अस्पतालमा उपचार भइरहेको अवस्थामा उनको निधन भएको छोरा रौजन मियाँले जानकारी दिए ।
खातुन नेकपा एमालेबाट समानुपातिक सांसदका रूपमा मधेश प्रदेश सभामा प्रतिनिधित्व गर्दै आएकी थिइन् । उनको आकस्मिक निधनको खबर पछि परिवार, आफन्त, शुभेच्छुक तथा स्थानीयवासी शोकको लहर छाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन