एआई प्रविधिको सहयोगमा तयार पारिएका साँकेतिक तस्वीर ।
जनकपुरधाम, १ असोज । धनुषाको धनौजी गाउँपालिकाकी १६ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर दुईपटक अपहरण, बन्धक तथा जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका मुख्य अभियुक्त ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
धनुषा जिल्ला अदालतले भदौ २६ गते २३ वर्षीय राइनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएपछि उनलाई कारागार पठाइएका हुन् ।
यसै प्रकरणमा घटना मिलाउन तथा मुद्दा फिर्ता लिन पीडित पक्षलाई २० लाख रुपैयाँको प्रलोभन दिएको आरोप लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । अदालतबाट सोमबारको आदेश पछि उनले धरौटी बुझाएर रिहा भएको बताइएको छ ।
अभियोग पत्र अनुसार बालिकालाई पहिलो पटक २०८१ चैत २९ गते घर नजिकै पसल सञ्चालन गर्ने ताहिर राइनले विवाहको प्रलोभन देखाएर अपहरण गरेको आरोप छ । आमालाई खेतमा गएको मौका छोपी जनकपुरधामका विभिन्न होटलमा लगेर आफू तथा अन्य व्यक्तिले जबरजस्ती करणी गरेको अभियोग राइन माथि लगाइएको छ ।
बालिका त्यहाँबाट भागेर ज्यान जोगाउन सफल भएपछि २०८२ जेठ ३ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी थिइन् । जाहेरीपछि राइन कतार फरार भए । प्रहरीको अनुरोधमा इन्टरपोल मार्फत रेड नोटिस जारी भएपछि उनलाई साउन २५ गते कतारबाट नेपाल ल्याइएको प्रहरीले जनाए ।
मिसिलमा उल्लेख भए अनुसार पहिलो जाहेरी पछि पनि बालिका पुनः अपहरणमा परेकी थिइन् । २०८२ असार १७ गते बिहान घरको दैलोमा बाख्रा बाँध्न निस्किएका बेला अञ्जली महरा सहितको समूहले गाडीमा आएर आँखामा कपडा बाँधी उनलाई अपहरण गरेको आरोप छ । त्यसपछि जनकपुरको पिडारी चोक स्थित होटल सीएफसीमा दुई दिन र मुरलीचोक स्थित मधेश प्रदेश गेस्ट हाउसमा १७ दिन गरी १९ दिनसम्म बन्धक बनाइएको अभियोगपत्रमा उल्लेख छ ।
मिसिलमा उल्लेख भए अनुसार दोस्रो घटनामा होटल सञ्चालक सहितका व्यक्तिले अन्य पुरुषबाट रकम लिएर बालिका माथि जबरजस्ती करणी गराएको गम्भीर आरोप लागेको छ ।
यस प्रकरणमा धनुषा जिल्ला अदालतमा ‘मानव बेचबिखन, अपहरण तथा शरीर बन्धक’ र ‘जबरजस्ती करणी’ शीर्षकमा दुई छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन् । दुई प्रहरी कर्मचारी सहित करिब एक दर्जन व्यक्तिको नाम अभियुक्तका रूपमा जोडिएको र अधिकांश अझै फरार रहेको जनाइएको छ । सुरक्षाको जोखिमका कारण पीडिता बालिका लामो समयदेखि सेफ हाउसको संरक्षणमा रहेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन